निर्मला हत्याकाण्ड : अनुसन्धानको नयाँ आयाम

काठमाडौ । गृह मन्त्री रामबहादुर थापाले निर्मला हत्याकाण्डबारे प्रहरीले नयां शैलीले अनुसन्धान शुरु गरेको जानकारी दिनुभएको छ । राष्ट्रिय सभा अन्र्तगत प्रत्योजित बिद्यायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृह मन्त्री थापाले निर्मला हत्याकाण्डको बारेमा भएको बिगतको अनुसन्धान पद्धतीलाई नै बिस्थापित गर्दे नयां शुत्र लगाएर अनुसन्धान प्रकृया अगाडि बढाउन लागेको जानकारी दिनुभयो ।

२०७५ साउन १० गते कन्चनपुरको उल्टाखाममा पन्तको बलात्कारपछि हत्या भएपछि उक्त मुद्धा अन्तराष्ट्रियकरण हुनुको साथै सरकारमाथि पटक पटक दवाव परेको थियो । उक्त हत्याकाण्डमा कुनै पनि ठुला भनिएका ब्यक्तिलाई जोगाउन कुनै प्रकारको षडयन्त्र नभएको बताउनु भयो । उक्त घटनामा संलग्न रहेका जतिसुकै हाई प्रोफाईलका मान्छे संलग्न रहेको तथ्य पत्ता लाग्यो भने सरकारले कारवाही गरेरै छाड्ने दावी गर्नु भयो । उहांले यस अघि निमर्ला हत्याकाण्डमा संलग्न रहेका भनिएका दिलीपसिंह बिष्टको बारेमा समेत सुरक्षा निकायले फरक ढंगले अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो । यो समाचार नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

समितिका सदस्यहरुको राखेको बिभिन्न जिज्ञासाको जवाफ दिदैं सरकारले सुरक्षा निकायले गरेका कामलाई नजिकबाट नियालीरहेको जानकारी समेत दिनुभयो ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०१:३९

प्राविधिक एसएलसी(टीएसएलसी) २५ वर्षपछि खारेज