प्राविधिक एसएलसी(टीएसएलसी) २५ वर्षपछि खारेज

काठमाडौं : प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभीटी) ले प्राविधिक एसएलसी (टिएसएलसी) कार्यक्रम संचालन गरेको २५ वर्षपछि सो विषय खारेज गर्ने भएको छ । यो शैक्षिक सत्र वर्षपछि उक्त कार्यक्रममा भर्ना बन्द गरिने भएको छ । परिषद्ले शैक्षिक सत्र वर्ष २०७६/२०७७ का लागि अन्तिम पटक भर्ना खोलेको जनाएको छ । परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले चिकित्सा शिक्षा आयोगको बैठकले भर्ना खोल्न स्वीकृत दिए लगत्तै अन्तिम पटकका लागि भर्ना खोलेको दाबी गर्नुभयो ।

तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को परिच्छेद ५ को आशयपत्र , सम्बन्धन तथा प्रत्यायनको दफा १५ को उपदफा ४ मा ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्रतह भन्दा मुनीका स्वास्थ्य शिक्षा सम्बन्धी कुनैपनि प्राविधिक कार्यक्रम संचालन गर्ने छैन भन्ने विषय उल्लेख भएकाले परिषदले टिएसएलसीको अन्तिम भर्ना खोलेको हो । यो समाचार नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार ईश्वरराज ढकालले लेखेका हुन्।

सदस्य सचिव वाग्लेले उपदफा ५ र आयोगको सुझावको आघारमा भर्ना खुला गरेको बताउनुभयो । उपदफा ५ मा परिषदले संचालन गरेको प्रमाणपत्र तहभन्दा मुनिका स्वाथ्य शिक्षा सम्बन्धी कुनैपनि प्राविधिक कार्यक्रमहरु तोकिए बमोजिम हटाउने (फेज आउट) र तोकिएको मापदण्ड बमोजिम स्तरोन्नती (अपग्रेड) गरिने छ भन्ने उल्लेख भए अनुसार परिषदले भर्ना खोलेको हो ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०१:४५

अशक्त किशोरीमाथि सामूहिक बलात्कार, गाउँमै पञ्चायत बसेर डेढ लाखमा मिलापत्र