मलद्वार नभएको नवजात छोरोको रोदन सुन्नुको विकल्प नभएपछि …

सांकेतिक तस्बिर

काठमाडौँ : आइतबार राति रौतहटमा मलद्वार नभएको शिशुको जन्म भएको छ ।

रौतहटको गढीमाई नगरपालिका- २ समनपुरका राजदेव पासवानकी श्रीमतीले मलद्वार नभएको शिशु जन्माएकी हुन् ।

अस्पतालका चिकित्सकले मलद्वार खुलाउन काठमाडौंको कान्ति बाल अस्पताल लैजान सल्लाह दिएपनि खर्च अभावका कारण रोकिएको राजदेवले बताए ।

शिशु जन्मिएलगत्तै चिकित्सकले सो सल्लाह दिएको भएपनि आर्थिक समस्याले शिशुको रोदन सुन्नु बाहेक विकल्प नभएको उनको भनाइ छ । नवजात शिशु छोरा रहेको बताइएको छ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०८:४४

बालुवाटारको जग्गा बेच्ने देखि वाइडबडीका सबैलाई संविधान संशोधन गरेर फाँसी दिनुपर्छ : प्रेम सुवाल