बालुवाटारको जग्गा बेच्ने देखि वाइडबडीका सबैलाई संविधान संशोधन गरेर फाँसी दिनुपर्छ : प्रेम सुवाल

फाइल तस्बिर

काठमाडौँ : प्रतिनिधि सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भ्रष्टाचार गर्नेलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने बताएका छन् ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद सुवालले ३८ क्वीन्टल सुन तस्करीदेखि प्रधानमन्त्रीको निवास बालुवाटारस्थित सरकारी जग्गा बेच्ने सहित भ्रष्टाचारकाण्डमा मुछिएका सबैलाई कडा दण्डित गर्नुपर्ने सझाव दिएका हुन् ।

उनले त्यसबारे संवैधानिक व्यवस्था गर्न प्रधानमन्त्रीसँग अनुरोध गर्नुपर्ने बताउदै ३८ क्वीन्टल सुन, वाइडबडी भ्रष्टाचार, एनसेलको कर प्रकरण, ललिता निवासको जग्गा बिक्रीमा मुछिएका सबैलाई फाँसी दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

‘३८ क्वीन्टल सुन, वाइडबडी काण्ड, एनसेलको कर प्रकरण, ललिता निवासको जग्गा विक्रीका सबै अपराधीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्छ’, उनले  भने, ‘राज्य व्यवस्था समितिले सरकारलाई, प्रधानमन्त्रीलाई भनेर मृत्युदण्डको संवैधानिक व्यवस्था गरियोस् ।’

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०९:४९

चितुवाको छालासहित दुई जना पक्राउ