भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा माथिबाट हामफालेर मर्नुपर्छ : झपट रावल

फाइल तस्बिर

काठमाडौँ : सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का सांसद झपट रावलले देशमा भ्रष्टाचार गर्नेहरु आफैं आत्महत्या गर्न बाध्य हुने बताएका छन् ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद रावलले कांग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले ज्यान फालेको विषय उठाउदै अपराध र भ्रष्टाचार गर्ने सबैको उही हालत हुनुपर्ने धारणा व्यक्त गरेका हुन् । श्रेष्ठ बालुवाटारस्थित सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका थिए ।

‘अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ’, उनले भने, ‘दिनको १० जना भ्रष्टाचारी मरेको भन्ने खबर सुन्‍न पाइयोस।’

यस्तै प्रतिनिधि सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भ्रष्टाचार गर्नेलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने बताएका थिए ।

उनले ३८ क्वीन्टल सुन तस्करीदेखि प्रधानमन्त्रीको निवास बालुवाटारस्थित सरकारी जग्गा बेच्ने सहित भ्रष्टाचारकाण्डमा मुछिएका सबैलाई कडा दण्डित गर्नुपर्ने सझाव दिएका हुन् ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६१०:३०

भक्तपुर बोडेमा संगै बस्दै आएका युवक र युवतीकाे कोठाभित्रै शव फेला!