धान भकारीमाथिबाट कपडाको टालो निकाल्दा सर्पले डस्यो, अस्पतालमा भेन्टिलेटर नपाउँदा मृत्यु !

सांकेतिक तस्विर

झापाको बाह्रदशीमा सर्पदंशका कारण एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेल छन् । उनलाई मंगलबार बिहान घरमै विषालु सर्प (गोमन) ले डसेको बाह्रदशी गाउँपालिका–३ का वडासदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार धान राखेको भकारीमाथिबाट कपडाको टालो निकाल्ने क्रममा पौडेललाई सर्पले डसेको हो । सर्पले डसेलगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पुर्याइएको र भेन्टिलेटर अभावका कारण बिर्तासिटी अस्पताल पठाइएकामा मृत्यु भएको अधिकारीले बताउनुभयो ।

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६१२:०८

गाई बस्तुलाई पानी खुवाउन बनाएको आहालमा डुबेर ४ बर्षीय छोराको ज्यान गएपछि …