कामको धपेडी बढेकाले प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन् । यो समाचार नागरिक राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार टपेन्द्र कार्की र सुनिल सापकोटाले लेखेका हुन्।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ । केही दिन आराम गर्न र स्वस्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उले बताइन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्की र सुनिल सापकोटाले लेखेका छन् ।

प्रकाशित : बुधबार, साउन १५, २०७६०१:२१

अख्तियारले मन्त्रिपरिषद्का निर्णय हेर्न नमिल्ने, भ्रष्टाचारको संस्थागत विकास हुने चिन्ता