काठमाडौँ : समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा सुविधासम्पन्न अस्पताल बनाएर सबैले स्वदेशमै उपचार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल “प्रचण्ड” र केपी शर्मा ओलीलाई लक्षित गरि पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अरबौं रूपियाँको लागतमा भ्यूटावर निर्माण गर्नुको सट्टा सुविधासम्पन्न अस्पताल अस्पताल बनाएर स्वदेशमै उपचार गर्न सुझाव दिएका हुन् ।
नेकपाका अध्यक्ष प्रचण्ड, पत्नी र छोरीसहित मंगलबार संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गरेको र प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने चर्चा चलेपछि भट्टराईले उक्त धारणा व्यक्त गरेका हुन् ।
उनले बुधबार सामाजिक सञ्जाल (ट्वीटर) मा लेखेका छन् ;”देश हाँकिरहनुभएका दुवैजना पाइलटहरू स्वास्थ्योपचार र आरामकानिम्ति सपरिवार विदेशको समुद्री टापु र मरूभूमि जानलाग्नु भएछ!वहाँहरूको स्वास्थ्यलाभ र शुभआराम होस्! तर संसारकै प्राकृतिक रूपले सुन्दर नेपालमै अरबौं रूपियाँको भ्यूटावरको सट्टा सुविधासम्पन्न अस्पताल प्लस रिसोर्ट बनाउन सकिन्न?”