बहुमत दिने जनताप्रति उत्तरदायी भएर सरकारले काम गर्छ – ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार विरुद्ध दृढताका साथ अगाडी बढेको दावी गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बुधबार प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारीहरुका विरुद्धमा अभूतपूर्व ढङ्गले अघि बढेको दावी गरेका हुन्।

“भ्रष्टाचारीहरुलाई मुद्दा चलाइएको छ । कारवाही दृढताका साथ अघि बढाइएको छ ।”,उनले भने।

ओलीले मन्त्रीहरुलाई आफूहरु स्वच्छ, पारदर्शी र गतिशील हुन पनि निर्देशन दिएका छन्। मन्त्रीहरु आफू पारदर्शी र गतिशील भएर आफू मातहतका व्यक्तिलाईलाई पनि स्वच्छ, पारदर्शी र गतिशील बनाउन पनि मन्त्रीहरुलाई उनले निर्देशन दिएका छन्।

यस्तै ओलीले वर्तमान सरकारलाई रोक्ने र असफल बनाउने प्रयास भएको तर्फ पनि मन्त्रीहरुलाई सचेत गराएका छन्। कतिपय बेला संसद्मा प्रतिपक्षीहरुले अनावश्यक रूपमा व्यवधान खडा गर्ने गरेको प्रसङ्ग जोड्दै उनले भने,”हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढङ्गले अघि बढाउनेमा वर्तमान सरकार दृढ छ ।”

जनताले स्थिरताका लागि बहुमत दिएकाले वर्तमान सरकार जनताप्रति उत्तरदायी भएर काम गर्ने उनको भनाइ थियो ।

प्रकाशित : बुधबार, साउन १५, २०७६१०:२८

ट्राफिकले चिट काटेपछि चौकीको लाइन काटियो , ६ लाख विद्युत महसुल तिराएर कर्मचारीले सिकाए पाठ …