घाँटी दुखेर औषधि खाँदा कारवाही, ८ महिना क्रिकेट खेल्नै नपाउने !

एजेन्सी – घाँटी दुखेपछि खोकीको औषधिमा प्र तिबन्धित प दार्थ रहेको पत्ता लागेपछि भारतीय युवा ओपनर तथा पूर्व यू१९ कप्तान पृथ्वी श निलम्बित भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै शले प्र तिबन्धित प दार्थ प्रयोग गरेका कारण ८ महिनाको लागि निलम्बित गरेको जनाएको छ । श आगामी नोभेम्बर १५ सम्म निलम्बित भएका हुन् । १६ जुलाईमा बीसीसीआईले डो पि ङ विरोधी नियम २.१ अनुसार कारबाही गरेको हो ।

सैयद मुश्ताक अली ट्रफीका दौरानमा गत २२ फ्रेबुअरीमा उनलाई परिक्षण गरेको थियो । जसक्रममा उनले नि षेधित प दार्थ ‘ट्रेब्युटा लाइन’ प्रयोग गरेको पाइएपछि श निलम्बित भएका हुन् । शले पनि यस आरोप स्वीकार गरेका छन् । उनले आफ्नो डाक्टरको सल्लाह बोमोजिम घाँटी दुख्दा सेवन गरेको औषधिमा प्र तिबन्धि प दार्थमा शामिल भएको थाहा नभएको स्पष्टीकरण दिएका छन् । शले निलम्बन स्वीकार गर्दै यसले अन्य खेलाडीमा पनि आफूले खाने औषधिबारे चेतना पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यू१९ टोलीका पुर्व कप्तान समेत रहेका १९ वर्षिय श ले ३ टेष्ट इनिङमा समान १ शतक र अर्ध शतक सहित कुल २ सय ३७ रन जोडेका छन् । श को कप्तानीमा भारतको यू१९ टोलीले अघिल्लो वर्ष विश्वकप जितेको थियो ।

गत वर्ष अक्टोबरमा वेस्ट इन्डिजसँग टेष्टमा डेब्यू शतक प्रहार गर्दै श ले सनसनी मच्चाएका थिए । श बाहेक राजस्थानबाट घरेलु क्रिकेट खेल्ने दिब्या गजराज र विदर्भाबाट खेल्ने अक्षय डल्लुरवारलाई पनि ८ महिनाको लागि निलम्बित गरेको जनाएको छ ।

प्रकाशित : बुधबार, साउन १५, २०७६१०:३६

द बेस्ट अवार्ड : यी १० खेलाडी परे मनोनयनमा !