काठमाडौँ : सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का नेता एवं सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएसंगै पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेकपाका स्थायी समिति सदस्य समेत रहेका भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।
गत निर्वाचनमा ताप्लेजुङबाट विजयी सांसद भट्टराईको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थिति रहेको थियो ।
गत फाल्गुन १५ गते हेलिकप्टर दुर्घटनामा तत्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका थिए।