काठमाडौँ – ईटा भट्टाको पोखरीमा डुबेर रौतहटमा दुई जनाको ज्यान गएको छ। चन्द्रपुर नगरपालिका–९ डुमरियास्थित ईटा भट्टाको पोखरीमा डुबेर बुधबार एकैघरका दाजुबहिनीको ज्यान गएको हो ।
ज्यान गुमाउनेहरुमा सर्लाहीको हरिपुर नगरपालिका–४ स्थायी घर भई डुमरियामा बस्दै आएका सञ्जय साहका ११ वर्षीय छोरा अनिस साह र आठ वर्षीय छोरी कल्पना साह रहेका छन्।
मृतक परिवारका अनुसार, बिप्लब समूहको बन्दका कारण शैक्षिक संस्था नखुलेपछि ईटा भट्टाले बनाएको खाल्टोमा जमेको पानीमा खेल्न जाँदा दाजुबहिनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
उनीहरुको शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । साह परिवार डुमरियामा मोटरसाइकल ग्यारेज खोलेर बस्दै आएको बताइएको छ ।