भोलि साउन १६ गते बिहिवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको १६ गते बिहिवार इश्वी संवत २०१९ अगस्ट ०१ तारिख  अर्थात् भोलि औशी तिथि , काठमाडौंमा सूर्योदय– ५:२७  बजे, सूर्यास्त– १८:५१   बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

काम बिग्रने डरले सताउने छ। माताको स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ। स्वास्थ्यमा समस्या देखिनेछ। बिद्यार्थी वर्गका लागि समय अनुकुल रहेको छ। पशुधन तथा कृषि चौपायको क्षेत्रमा लाभ हुने देखिन्छ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

परिश्रम गरे अनुरुप कार्यमा सफलता मिल्नेछ। नया कामको थालनी गर्नका लागि सहयोगीहरुले हात र साथ दिनेछन। मन प्रफुल्लित भएर जानेछ।  साथी भाईका साथमा घुम्न जाने अवसर मिल्नेछ।  भाग्योदय हुने योग रहेको छ।  मान सम्मानमा वृद्धि भएर जानेछ।

 मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

प्रयन्त गर्दा लक्ष्यमा पुगिने छ।  प्रतिष्पर्धाका बिचमा पनि विजय हासिल गर्ने समय रहेको छ।  स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनु पर्नेछ। आर्थिक योजनाका कार्यहरु सरलता पुर्वक सम्पादन भएर जानेछ।  आय आर्जनमा वृद्धि भएर जानेछ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

शत्रुहरुले नकारात्मक समयको फाइदा उठाउन सक्लान सावधान रहनु होला।  अनावश्यक क्षेत्रमा खर भएर जानेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । रमणीय यात्राको अवसर मिल्नेछ। दाम्पत्य जीवनमा खुसियाली छाउने छ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

काममा अनेक प्रकारका बाधा अवरोध सिर्जना हुन सक्नेछ।   शारीरिक तथा मानसिक रुपमा व्यग्रताका साथै  अस्वस्थताको अनुभूति हुनेछ।  सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुने देखिन्छ। आयको तुलनामा खर्चको मात्रा दोब्बर रहने छ। अनावश्यक झैँ झमेलामा नाफस्दा नै राम्रो हुनेछ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

व्यापार व्यवसायमा वृद्धि हुनका साथै आर्थिक लाभ भएर जानेछ।  नोकरी गर्ने व्यक्तिका लागि समय लाभदायी रहेको छ।  पारिवारिक वातावरणमा सुख सन्तोषको अनुभूति हुनेछ।  सन्तान सुख मिल्नेछ। रमणीय स्थानको यात्रा हुने सक्ने सम्भावना रहेको छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

खानपानको असावधानीका कारण स्वास्थ्यमा समस्या देखिने छ।  अध्ययन अध्यापनका लागि ठुलै मेहनत गर्नु पर्ने देखिन्छ।  माताको तर्फबाट लाभ हुने देखिन्छ।   स्वास्थ्य अनुकुल रहेको छ। व्यवसायिक कार्यमा खासै सफलता मिल्ने छ। पारिवारिक वातावरण उल्लासमय रहने छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

शुभ चिन्तकहरुको सुझावलाई बेवास्ता गर्नाले दुख पाइने छ।  पैतृक सम्पतिमा विवाद देखिन सक्ला।  नोकरी व्यवसायका लागि समय खासै अनुकुल रहेको छैन।  बैदेशिक यात्राको सम्भावना रहेको छ।  सन्तान सुख मिल्ने छैन।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

बाणी तथा क्रोधलाई काबुमा राख्नु पर्नेछ अन्यथा अनर्थ हुन सक्नेछ। रुघाखोकी जस्ता समस्याले सताउने छ।  मानसिक व्यग्रताको अनुभव हुनेछ।  अनावश्यक क्षेत्रमा धन खर्चको मात्रा वृद्धि भएर जानेछ।  मनमा सकेसम्म नकारात्मक भावना आउन नदिनुहोला । समग्रमा तपाइका लागि भोलिको दिन मिश्र फलदायी रहेको छ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ।  पारिवारिक वातावरणमा खुसियाली छाउने छ।  आय आर्जनमा वृद्धि भएर जानेछ।  सार्वजनिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। स्वास्थ्य अनुकुल रहेको छ।  धार्मिक कार्यमा मन जानेछ। समग्रमा तपाईका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

पारिवारिक वातावरणमा खुसियाली छाउने छ।  अपेक्षा गरे अनुरुप काम बन्नाले मनमा प्रसन्नता छाउने छ। स्वास्थ्यले भरपुर मात्रामा साथ दिने छ।  नोकरी व्यवसायमा सहकर्मीको साथ र सहयोग प्रसस्त पाइने छ। शत्रु परास्त भएर जानेछन। पढाई लेखाई क्षेत्रमा सफलता पाइने छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces) 

साहित्य लेखनको कार्यमा रुचि बढ्ने छ। बिद्यार्थीवर्गका लागि समय अनुकुल रहेको छ। प्रियपात्रसंगको अचानक भेटघाटले मनमा खुसियाली छाउने छ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ। शेयर सट्टाको कारोवार गर्दा लाभ हुने देखिन्छ। पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला।

प्रकाशित : बुधबार, साउन १५, २०७६१४:३७

भोलि साउन १७ गते शुक्रवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !