भोलि साउन १७ गते शुक्रवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको १७ गते शुक्रवार इश्वी संवत २०१९ अगस्ट ०२ तारिख , काठमाडौंमा सूर्योदय– ५:२८  बजे, सूर्यास्त– १८:५१   बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

परिवारका सदस्यका साथमा मनमुटावको स्थिति सिर्जना हुनेछ। छातीसम्बन्धी समस्या देखिने छ। बाह्य व्यक्तिहरुको मन जित्न सके पनि आफ्नाले नै धोका दिन सक्नेछन।  कामको शिलशिलामा ठुला व्यक्तिहरु संग प्रतिस्पधा गर्ने समय रहेको छ।  स्वास्थ्य अनुकुल रहेको छ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

सोचेका हरेक कार्यमा सफलता मिल्नेछ। प्रतिस्पर्धाका बिचमा पनि विजय हासिल गर्ने समय रहेको छ। सामाजिक तथा सार्वजनिक स्थानमा मान सम्मानमा वृद्धि भएर जानेछ।  समयमा सजक नबन्दा शुभ चिन्तकहरु टाढिन सक्छन ध्यान दिनु होला।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

आँटेका काममा बाधा पुर्याउनेहरु प्रसस्तै भेटिने छन।  अनावश्यक क्षेत्रमा खर्च भएर जान सक्ला संयम रहनु पर्नेछ। बिधार्थी वर्गका लागि सफलता पाउनका लागि राम्रै मेहनत गर्नु पर्ने देखिन्छ।  कार्यमा सफलता मिल्नेछ। भाग्योदयको योग रहेको छ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

स्वास्थ्यमा प्रतिकुल अवस्था आइपरे पनि हिम्मतका साथ कार्य गर्नाले भई परि आउने समस्याबाट मुक्ति पाउन सकिने छ।  आश मारिसकेको काम बन्नाले मनमा उत्साह बढ्ने छ।  रिसलाई नियन्त्रणमा राखेर अगाडी बढ्नु पर्ने देखिन्छ।  धार्मिक कार्यमा मन जानेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

काम पुरा नभए पनि आंशिक सफलता मिल्नेछ। मनमा नकारात्मक भावना आउन नदिनु होला।  बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा संयमितत अपनाउनु पर्नेछ।  नया कार्यको शुभारम्भ गर्ने सुखद समय रहेको छ।  आर्थिक लाभ भएर जानेछ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिल्नाले मन प्रफुल्लित रहने छ।  दैनिक कार्यहरु सरलता पुर्वक सम्पादन भएर जानेछ। रिसलाई काबुमा राखेर अगाडी बढ्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  स्वास्थ्य सामान्य रहेको छ।  आयआर्जनको तुलनामा खर्चको मात्रा बढेर जानेछ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

धार्मिक एवम आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  नसोचेको ठाउँबाट लाभ हुने देखिन्छ।  नोकरीमा पदोन्नति हुने योग रहेको छ।  परिवारको साथले उत्साहमा वृद्धि भएर जानेछ।  दाम्पत्यजीवन सुखपूर्ण बित्ने छ।  समग्रमा तुला राशी हुनेहरुका लागि भोलिको दिन अति नै फलदायी रहेको छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

अवसरको खोजीमा जोखिमपूर्ण परिस्थितिको सामना गर्नु पर्नेछ।  जिम्मेवारी प्राप्त भए पनि तत्कालका लागि फाइदा उठाउन सकिने छैन।  वैदेशिक यात्रा सुखद रहेको छ।  प्रियजनको भेटघाटले मन प्रफुल्लित हुनेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  रमणीय स्थानको यात्रा हुने सम्भावना रहेको छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

मेहनत गरे अनुसारको फल पाइने छ। पारिवारिक आवश्यकताहरु पुरा गर्ने समय रहेको छ।  दिगो फाइदा हुने क्षेत्रमा लगानी गर्ने समय रहेको छ। भाग्योदयको सम्भावना रहेको छ।  धार्मिक कार्यमा मन जानेछ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

विभिन्न उपहार तथा सहयोग प्राप्त हुने समय रहेको छ। मनोरन्जनात्मक कार्यमा मन जानेछ।  नोकरी व्यवसायको क्षेत्रमा लाभ हुने देखिन्छ। सुखदुखमा साथ दिनेहरु प्रसस्तै भेटिने छन।  परिवारमा अनावश्यक झैँ झमेलाको अवस्था सिर्जना हुन सक्ला सावधान रहनु पर्नेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

प्रेम र मित्रताको बन्धन कसिने समय रहेको छ।  दाम्पत्यजीवन सुखमय रहेको छ।  कार्यमा सफलता मिल्नेछ।  रमणीय यात्राको सु अवसर मिल्नेछ।  शारीरिक तथा मानसिक रुपमा स्वस्थताको अनुभूति हुनेछ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces) 

छर – छिमेकीका साथमा असमझदारी बढ्न सक्ने भएकाले होसियारीका साथ काम गर्नु पर्नेछ। आकस्मिक खर्चको मात्रा बढेर जाने सम्भावना रहेको छ।  स्वास्थ्य अनुकुल नै रहेको छ।  व्यापार  क्षेत्रम लाभ हुने देखिन्छ।  पारिवारिक वातावरण सुखमय रहने छ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६१५:०३

भोलि साउन १८ गते शनिवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !