पाँच दिन देखि हराइरहेका कर्ण बहादुर दुई ढुङगाको बिचमा मृत भेटिए

काठमाडौँ – अर्घाखाँचीमा एक बुधबार एक व्यक्ति मृत फेला परेका छन्।

विगत केहि दिन देखि हराइरहेका अर्घाखाँची सितगंगा १ सुवर्णखालका २८ वर्षीया कर्ण बहादुर बिक (चुदारा) बुधबार बाणगंगा नदीमा मृत फेला परेका हुन्।

चुदारा गएको पाँच दिन देखि हराइरहेको र बुधबार दुई ढुङगाको बिचमा अड्किएको अवस्थामा फेला परेका थिए। सितगंगा १४ सिमलपानी सिमरेनीमा बाणगंगा नदीले बगाएर ल्याएको चुदाराको शवलाई दुई ढुङगाको बिचमा स्थानीयहरुले फेला पारेका थिए।

शव फेला परेको बारे खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय ठाडा बाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा शवलाई शवलाई बाहिर निकालेको बताइएको छ।

प्रहरीले शवलाई पोष्टमाटम लागि जिल्ला अस्पताल सन्धिखर्क पठाएको छ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०३:१३

आज, भोलि र पर्सि पानि पर्ला कि नपर्ला ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान !