आज, भोलि र पर्सि पानि पर्ला कि नपर्ला ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान !

काठमाडौँ – हाल नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर रहेको मनसुनको न्यून चापिय रेखा केहि दिन पछि मात्रै उत्तरतिर सर्दै नेपालको पश्चिमी तराई नजिक आइपुग्ने हुँदा तत्काल मनसुन सक्रिय नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार न्यून चापिय रेखा (Axis of Monsoon Trough) उत्तरतिर सर्दै नेपालको पश्चिमी तराई नजिक आइपुग्न केहि दिन लाग्ने हुँदा मनसुन तत्काल सक्रिय हुने सम्भावना कम देखिएको छ।

हाल देशका धेरै जसो स्थानमा सामान्य बदलीको अवस्था रहेको र देशका थोरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले बिहिबार बिहान एक सूचना सार्वजनिक गर्दै जानकारी गराएको छ।

महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसम पूर्वानुमान र मौसम विश्लेषण निम्न छ।

मौसम विश्लेषण (Meteorological Analysis):

हाल मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर रहेको छ र अबको २/३ दिन पश्चात न्यून चापीय रेखा उत्तरतिर सर्दै नेपालको पश्चिमी तराई नजिक रहने सम्भावना छ।  यस कारण अबको २/३ दिन पछि मनसुनीगतिविधि बढ्ने सम्भावना रहेको देखिन्छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका धेरै जसो स्थानमा सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण १ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने संभावना छ ।

राती: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा  वर्षा हुने संभावना छ |

श्रावण १७ गते (शुक्रबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन सहित वर्षा हुने संभावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनसहितवर्षा हुने संभावना छ ।

श्रावण १८ गते (शनिबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन सहित वर्षा हुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन सहित वर्षा हुने संभावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशभर मौसम सामान्य रहने देखिन्छ। 

प्रकाशित : बिहिबार, साउन १६, २०७६०३:४४

बुबाले अस्पताल पुर्याए पनि बचेनन् !