“राष्ट्रियताको चर्को नारा लगाएर सत्तामा पुगेका ओली र पार्टी अहिले लम्पसार भए”

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियताको चर्को नारालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा जाने भर्याङमात्रै बनाएको आरोप लगाएका छन्।

बिहिबार काठमाडौँमा आयोजित एक साक्षात्कारमा बोल्दै महतले सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार परेको आरोप लगाएका हुन्।

“सुरुमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो, उहाँहरुले हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो । तर, अहिले लम्पसार हुनुभयो । उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भर्याङमात्रै हो ।”,उनले भने।

वर्तमान सरकारले जनतासामू झुठो आश्वासनमात्रै दिएको तर बोलेका कुरा पूरा गर्न नसकेको र सबै कुरामा असफल भएको महतले आरोप लगाए।

“आफूले गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको छ । सरकार तमाम काममा असफल भएको छ ।”,पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले भने,”सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा खोस्रा कुरा गरेको छ ।”

प्रकाशित : बिहिबार, साउन १६, २०७६१०:११

आगामी निर्वाचनमा कांग्रेसके एक्लै बहुमत पाउँछ भन्छन् कांग्रेस नेता !