ड्युटि सम्हाल्न कश्मीर पुगे धोनी : सामान्य सैनिक जस्तै व्यवहार गरिने, सुरक्षा पनि नदिइने ! [तस्विर]

एजेन्सी – भारतीय टोलीका पूर्व कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनी आफ्नो जिम्मेवारी सम्हाल्न कश्मीर पुगेका छन्।

बुधबार कश्मीर पुगेका धोनीले खटाइएको यूनिटमा रहेर ड्यूटी शुरु गरिसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। ३१ जुलाईमा कश्मीर पुगेका धोनी १५ अगष्ट सम्म ड्युटि गर्ने बताइएको छ।

भारतीय संचार माध्यमहरुका अनुसार चाहेको खण्डमा उनको सेवाकाल कश्मीरमै दुई महिना सम्म लम्बिन सक्नेछ। कश्मीरमा हुँदा धोनीले खटाइएको यूनिटमा रहेर गार्ड ड्यूटी र पोस्ट ड्यूटी गर्नेछन्।

भिक्टर फोर्स मुख्यालय पुगे धोनी

धोनी बुधवार अपराह्न श्रीनगरबाट सिधै दक्षिण कश्मीर स्थित भारतीय सेनाको भिक्टर फोर्स मुख्यालय पुगिसकेका छन्। भारतीय आर्मीका लेफ्टिनेन्ट कर्नल धोनीले

भिक्टर फोर्स भारतको राष्ट्रीय राइफल्सको एक अंग हो। उत्तर-पूर्वको राज्यहरुमा उग्रवादलाई नियन्त्रण गर्न भारतले सन् १९९० मा भिक्टर फोर्स गठन गरेको थियो।

सामान्य सैनिकको जस्तै व्यवहार गरिने

पहिला नै निर्धारित भए अनुसार ड्यूटीमा हुँदा धोनीले एक सामान्य सैनिक अधिकारीले गर्न पर्ने सम्पूर्ण कर्तव्य पूरा गर्नेछन्। तर उनलाई मुडभेड र आतंकवादी विरुद्धको मिसन भन्दा टाढा राखिनेछ।

धोनीलाई एक सामान्य सैनिकको जस्तै व्यवहार गरिने र कुनै पनि किसिमको सुरक्षा नदिइने भारतका थलसेना प्रमुख विपिन रावतले यस भन्दा अगाडी नै स्पष्ट परिसकेका छन्।

क्रिकेटबाट तत्काल सन्यास नलिने

धोनीले यहि महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे सिरिजको लागि आफ्नो नाम फिर्ता लिएका थिए । भारत दुई साता अघि इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा न्युजिल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएपछि धोनीको सन्न्यासको चर्चा चलेको थियो । तर धोनीले तत्काल सन्न्यास नलिने बुझिएको छ ।

धोनीले आगमी वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप खेल्ने इच्छा राखेको बुझिएको छ । टी ट्वान्टी विश्वकप,वान डे विश्वकप र च्याम्पिनयशीप ट्रर्फि गरि आईसीसीको तीनै प्रतियोगिता जिताउने धोनी विश्वका एक्लो कप्तान हुन् ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६१०:५८

मेस्सीलाई ५० हजार अमेरिकी डलर जरिवानासहित तीन महिना प्रतिबन्ध!