१० दिनअघि घाटमा पुर्याईएकी नर्मताको आज निधन …

सांकेतिक तस्बिर

काठमाडौँ : दश दिनअघि घाटमा पुर्याएर पुन उपचारका लागि फर्काइएकी महिलाको बिहिबार (आज) मृत्यु भएको छ ।

पाल्पाकाे रैनादेबी छहरा गाँउपालिका १ की ३६ वर्षीय नर्मता ज्ञवालीलाई गत साउन ६ गते तानसेनस्थित युनाईटेड मिशन अस्पतालबाट डिस्चार्ज भएपछि रिडिघाट पुर्‍याएर कालीनदीमा अर्धजल चढाएको र सोहि क्रममा होस् आएपछि घाटबाट फर्काएर लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

झाडापखालाबाट सिकिस्त भएपछि अस्पताल भर्ना गरिएकी निर्मलाको बिहीबार बिहान ८ बजे निधन भएको लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीले जानकारी दिए ।

उनका आफन्तले उपचारको क्रममा कुनै सुधार नदेखेपछि १० दिन अघिनै डिस्चार्ज गरि घर लैजाने भन्दै रिडिघाट पुर्याएका थिए ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६१०:४२

गाउँपालिका अध्यक्षमाथि दिउँसै गोलि प्रहार …