भन्ने गरिन्छ कि छोरी आफ्नो आमाको सबैभन्दा धेरै नजिक हुन्छन्। एक छोरीको लागि उनको आमा बेस्ट फ्रेन्ड हुन्छ। छोरी बुबाको प्यारी भए पनि उनको आमाको जस्तो धेरै गुण हुन्छ। लुक्सको मामला उनी आमा जस्तै देखिन्छन् र यसको सीधा उदाहरण तपाईहरुले बलिउडमा देख्न सक्नुहुन्छ । बलिउडका यी अभिनेत्रीहरु आमाको कार्बन कपी छन्।
हेमा मालिनी र एशा देओल
बलिउडको ड्रीम गर्ल हेमा मालिनी दुई छोरीकी आमा हुन्। हेमा बलिउडमा चर्चित अभिनेत्रीमा पर्छिन्। तर उनको दुईटै छोरीले भने इंडस्ट्रीमा केहि गर्न सकेनन्। एशा देओलको अनुहार हेमा मालिनीसँग धेरै मिल्छ। उनी पनि आफ्नो आमा जस्तै एक क्लासिकल डान्सर हुन् । हालै एशाले एक छोरीलाई जन्माएकि थिइन्।
आलिया भट्ट र सोनी राजदान
बलिउडको क्यूट एक्ट्रेस आलिया भट्ट आज बलिउडमा एक चर्चित अभिनेत्रीको नाममा पर्छिन्। सानै उमेरमा नै आलियाले चर्चा बटुलेकी थिइन्। आलियाकी आमा सोनी राजदान ब्रिटिशमा जन्मिएको भारतीय अभिनेत्री हुन् । सोनीले महेश भट्टसँग १९८६ मा बिहे गरेका थिए भने आलिया १९९३ मा जन्मिएकी थिइन्। ६२ वर्षीय सोनी र आलियाको अनुहार धेरै मिल्छ।
ट्विंकल खन्ना र डिंपल कपाड़िया
बलिउडको टप अभिनेत्रीमा चर्चित डिंपल कपाड़ियाले बलिउडमा आफ्नो अलग पाहिचन बनाएकी छन्। डिंपलले १६ वर्षको उमेरमा नै ३१ वर्षीय सुपर स्टार राजेश खन्नासँग बिहे गरेकी थिइन्। १९७३ मा उनले ट्विंकल खन्नालाई जन्माएकी थिइन्। डिंपल आफ्नो आमा जस्तै स्टार त बनिनन्। डिंपल र ट्विंकलको अनुहार एकअर्कासँग हुबहु मिल्छ।
श्रुति हासन र सारिका
साउथ सुपर स्टार कमल हासनले निकै सुन्दर अभिनेत्री सारिकासँग बिहे गरेका थिए। सारिका आफ्नो जमानामा निकै चर्चित अभिनेत्री थिइन्। उनले १९८६ मा श्रुतिलाई जान्माएकी थिइन्। श्रुतिको सुन्दरतामा उनको आमाको झलक देखिन्छ। दुवैको अनुहार प्राय मिल्छ।
सोहा अली खान र शर्मिला टैगोर
आफ्नो जमानाको उत्कृष्ट अभिनेत्री शर्मिला टैगोर निकै सुन्दर अभिनेत्री हुन्। शर्मिला टैगोरले क्रिकेटर मंसूर अली खानसँग बिहे गरेकी थिइन्। शर्मिलाले १९७८ मा सहा अली खान जन्मिएकी थिइन्। सोहाको अनुहार देखेर नै सबैले शर्मिला टैगोरको छोरी भनेर चिन्छन्।
करिश्मा र बबीता कपूर
९० दशकको टप अभिनेत्री करिश्मा कपूरको आमा बबीता कपूर पनि आफ्नो जमानाको चर्चित अभिनेत्री थिइन्। बबीता र रणधीर कपूरको छोरी करिश्मा कपूरको जन्म १९७४ मा भएको थियो र उनको अनुहार पनि आफ्नो आमासँग हुबहु मिल्छ।
सारा अली खान र अमृता सिंह
अघिल्लो वर्ष सारा अली खानले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनलाई देखेर यस्तो लागेको थियो की अमृता सिंह पर्दामा आएकी थिइन्। बलिउडको सुन्दर अभिनेत्री अमृता सिंहले सैफ अली खानसँग बिहे गरेकी थिइन् । सारा अली खानको जन्म १९९३ मा भएको थियो। सारा आमाको कार्बन कपी हुन्।