भोलि सोमबार नागपञ्चमीको दिन २० वर्ष पछि शुभ योग जुर्दै, यसरी चम्काउनुहोस् भाग्य !

यस पटकको नागपंचमी साउन २० अर्थात् अगस्ट ५ तारिखका दिनमा सोमवार परेको छ। साउनको सोमवार नै नाग पंचमी परेको यो २० बर्ष पछि हो।  यस भन्दा पहिले सन् १९९३ अगस्ट १६ मा साउनकै सोमवारका दिन नाग पंचमीको सुखद योग परेको थियो।

साउनकै सोमवारका दिन नाग पंचमी परेको हुनाले यस दिन भगवान शिवको पुजाआजा गरिनुका साथै शिवजिको प्रिय नाग देवतालाई पनि दुध खुवाउने गरिन्छ।

वत्स योग, रवि योग और हस्त नक्षत्र 

नागपंचमी सोमवारको दिन परेको हुनाले अघिल्लो बर्षको भन्दा यस पटकको नागपंचमिको बिशेष महत्व रहेको छ। यस दिन श्रीवत्स योग, रवि योग र हस्त नक्षत्र कोयोग पनि यसै दिन जुर्न पुगेको छ। यास दिन कालसर्प योग , नागदोष लगायतका पिडितका लागि पुजा , अनुष्ठान गर्नाले बिशेष लाभ हुने देखिन्छ।

नाग पुजामा गर्नुहोस बेसारको प्रयोग

ज्योतिषका अनुसार नागपंचमीका दिन नागदेवताको पुजा गर्ने समयमा बेसारको प्रयोग गर्नु आवश्यक छ। यस दिन अन्य देवी देवताका सरह नाग देवतालाई धूप, दीप, अगरबत्तीले पुजा गर्नु पर्छ साथै मिठाई तथा नरिवल अर्पण गराउनु आवश्यक छ।

नागदेवको प्रतिमाको पुजा गर्ने

अधिकांश मानिसहरुले नाग पंचमीको दिन सर्पले बेरिएको नागको फोटोमा पुजा गर्ने गरेका छन तर यसो गर्नु बिल्कुलै गलत हो।  नागपंचमीको दिन नागदेवताको पुजा मन्दिरमा नै गर्नु पर्दछ।

ग्रहको प्रतिक हो साँप 

गरुड़ पुराणका अनसार साँपलाई ग्रहको प्रतिक मान्ने गरिन्छ। यसका साथै गरुड पुराणमा के पनि उल्लेख गरिएको छ भने जो व्यक्तिको साँपको टोकाईबाट मृत्यु हुन्छ सो व्यक्तिको स्वर्गमा बास हुन्छ भन्ने मान्यता समेत रहेको छ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६११:४५

फरक गुणका धनि हुन्छन् यी ५ राशि हुनेहरु, हरेक कार्य नयाँ तरिकाबाट गर्ने राख्छन् क्षमता !