अनिल कपूरको उमेरमा फेस ऐपले पनि पायो मात, फ्यानको मीम्सलाई गरे तारिफ!

साधारण व्यक्ति होस् वा बलिउड सेलिब्रिटी सबैले फेस ऐप च्यालेन्ज गरेका छन्  । त्यसैले अर्जुन कपूर देखि  वरुण धवन समेत कैयौँ अभिनेताले आफ्नो तस्विर शेयर गरे जुनमा उनीहरु बुढो देखियो  तर इंडस्ट्रीमा एक अभिनेता जसको उमेरलाई फेस  ऐपले पनि मात दिन सकेन।

वास्तवमा सोशल मिडियामा  अनिल कपूरको फ्यानले यस्तो तस्विर शेयर गरिरहेका छन् जुनमा फेस ऐप प्रयोग गरेपछि अरु स्टार बुढो भए तर अनिल कपूर भने त्यस्तै देखिरहेका छन्। ६२ वर्षीय अनिल कपूर अहिले पनि  यंगस्टरलाई  मात दिन्छन्। सोशल मीडियामा उनको उमेरलाई लिएर यस्तो मिम्स बनाईरहन्छन् । कैयौँ पटक  अनिल कपूर फ्यानको मीम्सलाई रिट्वीट पनि गर्छन्।

करिब ३ दशकसम्म काम गरिरहेका अनिल कपूरको लागि  शानदार समय रह्यो।  यसैक्रममा  प्रोफेशनल फ्रंटको  साथ-साथ पर्सनल लाइफमा पनि  हिट रहे।  अनिल कपूरको आउँदो फिल्म  मलंग हो । फिल्ममा  आदित्य राय कपूर र दिशा पाटनी लीड रोलमा  देखिदैछन् । मलंग बाहेक  अनिलको  खातामा  फिल्म तख्त पनि छ।  करण जौहरको  प्रोडक्शन हाउसको यो  फिल्मको  शूटिंग छिट्टै सुरु हुदैँछ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६१२:४०

सफ्टवेयर इन्जिनियरिंगको काम गर्थिन् तापसी पन्नू, अचानक कसरी भईन् अभिनेत्री?