महिलाहरु बच्चा जन्माइसकेपछि पनि यी ५ उपाय अपनाएर रहन सक्छन् सधै स्टाइलिस र फिट

काठमाडौ । धेरै मानिसहरुको सोचाई महिलाहरुको बच्चा जन्माएपनि शारिरिक संरचना बिग्रन्छ भन्ने हुन्छ । तर यो गलत सोचाई हो । किनभने महिलाहरुलाई विवाह र बच्चाले स्टाइलिस र फिट बन्नको लागी कुनै असर गदैन् । यो एक प्राकृतिक कुरा हो । त्यसैले यदि तपाई पनि बच्चा जन्माइसकेपछि स्टाइलिस र फिट बन्न चाहनुहुन्छ भने यी कुरा ध्यान दिन जरुरी छ ।

प्रशस्त मात्रामा पानीको पिउने
महिलाहरुले आफ्नो शरिरलाई फिट राख्नको लागी दैनिक १० गिलास पानी पिउनुपर्छ । किनभने पानीले शरिरको विषाक्त तथा चिल्लोलाई बाहिर निकाली तौल घटाउनमा सहयोग गरी अनुहारमा चमकता समेत ल्याउछ ।

सन्तुलिन भोजन खाने
महिलाहरुले आफु आमा बनेपछि फिट रहनको लागी गर्भअवस्थाको जस्तो जे पायो त्यही खानु हुदैन् । विशेषगरी ताजा फलफूल, सागसब्जी तथा पास्ता, बे्रड, अण्डा, बदाम, ड्राइ फ्रुट्स सन्तुलन मिलाएर खानुपर्छ । चिल्लो तथा चिनीको मात्रा कम भएको खानेकुरा खानुपर्छ ।

नियमित शारिरिक ब्यायाम गर्ने
सन्तुलित भोजको साथै महिलाहरुले नियमित शारिरिक ब्यायाम गर्नुपर्दछ । ब्यायामले तनाव र अनिन्द्रालाई हटाई सधै फ्रेस राख्दछ ।

नियमित स्तनपान गराउने
महिलाहरुले आफ्नो शरिरलाई फिट राख्नको लागी नियमित स्तनपान गराउनुपर्छ । किनभने नियमित स्तनपानले तौललाई नियन्त्रण गर्दछ । त्यसैले स्तनपान गराउनु आमा र शिशु दुवैको लागि फाइदाजनक हुन्छ ।

मिठो निद्रा
महिलाहरुमा खानपान , ब्यायामपछि मिठो निन्द्रा पनि फिट राख्ने कुरा हो । त्यसैले आनन्दले सुतेमा तुरुन्तै फिट रहन सकिन्छ ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६१३:१६

क्यान्सर, मुटु रोग, अल्सर जस्ता कयौं रोगको अचुक औषधि हो बाँसको तामा ! जानी राख्नुस्