एजेन्सी-
संयुक्त राज्य अमेरिका
३२१ मिलियन जनसंख्या भएको संयुक्त राज्य अमेरिकामा १.४ अर्ब सैन्य शक्ति रहेको छ । १३ हजार एअर क्राफ्ट, ८ हजार ट्यांक, ७२ वटा पानडुब्बी र ७ हजार ५ सय आणविक हतियार भएको देशका लागि कूल ६ सय अर्ब डलर खर्च हुने अनुमान गरिन्छ ।
रसिया :
रसिया जहाँ १४५ मिलियन जनसंख्या भएको देशमा करिब ७ लाख ६६ हजार सैन्य सदस्यसहित संसारको शक्तिसाली देशमध्येको दोस्रो स्थानमा आउँछ । ७६ अर्बदेखि ८४ अर्बसम्म सैन्य खर्च हुने देशमा १ हजार ५ सय वटा ट्यांक, ८ हजार ४ सय आणविक हतियार रहएको पुष्टि गरिएको छ ।
चीन :
२२ लाख सैन्य सदस्य, ९ हजार १ सय सैन्य ट्यांक, २ हजार ८ सय एअर क्राफ्ट र १ सय ३१ अर्ब डलर बजेटसहित चीन एसिया महादेशका देशमध्येको एक शक्तिसाली देश हो ।
भारत :
भारत यस्तो देश हो, जहाँ सेनाका १३ लाख सक्रिय सैन्य सेवा सदस्य १.२ अर्ब जनसंख्या भएको देशको सुरक्षामा तैनाथ छन् । ६ हजार ट्यांक, २ हजार एअर क्राफ्ट र ८० देखि सय वटासम्म आणविक हतियार रहएको पुष्टि भएको छ । बेलायतले ४६ अर्ब डलरदेखि ५० अर्ब डलर सैन्य सुरक्षामा खर्च गर्ने दाबी गरिएको छ ।
जापान :
जापान ४१ देखि ४९ लाख डलर खर्च गरी २४ हजार ७ सय सक्रिय सैन्य सदस्यसहित आफ्नो देशको १ सय २६ लाख जनताको सुरक्षामा तैनाथ हुन्छन् । यद्यपि, जापानसँग कुनै आणविक हतियार नभएको बताइए पनि उनीहरुसँग ७ सय ६७ ट्यांक र करिब १ हजार ५ सय एअर क्राफ्ट रहएको बताइएको छ ।