चप्पल लगाएर काठमाडौं छिरेका नेताहरु धनी र विलासी हुँदा पूर्वराजा शालीन र धैर्य !

नारायण गाउँले

विरासतमै प्रशस्त सम्पत्ति लिएर आएका पूर्वराजा ज्ञानेन्द्रभन्दा चप्पल लगाएर काठमाडौं छिरेकाहरू नै यतिवेला धेरै बरु धनी देखिन्छन् । ज्ञानेन्द्र मात्रै होइन, यति लामो राजवंशमा सयौँ अन्य राजपरिवार पनि होलान् । राष्ट्र निर्माता पृथ्वीनारायण शाह यता मात्रै ११ पुस्ता बितेको छ ।

यो ११ पुस्ताभित्रका दुई–तीन सय परिवार त पक्कै पनि होलान् । २ सय ४० वर्षसम्म सत्ता र शक्तिको नजिक रहेका ती नेपालको सबैभन्दा धनी परिवारमध्ये हुनुपर्ने हो, तर ती पनि गुमनाम देखिन्छन् । शेरबहादुर देउवादेखि माधवकुमार नेपालसम्म दर्जनौँ नेताहरू बेलायत–अमेरिका ओहोर–दोहोर गरिरहन्छन् । चाहेको भए ज्ञानेन्द्र पनि युरोप अमेरिका आहोर दोहर गरिरहन सक्थे तर उनलाई घुम्ने मन पनि खासै नलाग्ने रहेछ कि ?

देशको नागरिकता त्यागेकाहरूलाई त राजनीतिकबाहेक सांस्कृतिक र सामाजिक अधिकारसहितको गैर–आवासीय नागरिकता दिने व्यवस्था भएको छ, अलिकति ठूलो मन गरेर यी अन्तिम राजा बाँचुञ्जेल राजनीतिक बाहेकका चाडपर्व, जात्राहरू र मठमन्दिरसँग जोडि़एका सांस्कृतिक अधिकार दिन सकेको भए पनि हुन्थ्यो 

छोटो समय शासन सत्तामा रहेका नेताहरूसमेत सबैभन्दा महँगो गाडी चढ्छन् । तिनका झोले कार्यकर्तालेसमेत महंगै गाडी चढेको देखिन्छ तर ज्ञानेन्द्रलाई महँगो कार चढौँ, सबैभन्दा अग्लो महलमा बसौँ, सबैभन्दा महँगो डिजाइनको फेशन लगाऊँ भन्ने चाहना पनि किन नआएको होला ? म नाथेलाई त लोभ लाग्छ । मन्त्रीहरू एकपल्ट चढेको गाड़ी नचढ्ने भन्छन्, तर उनले नयाँ गाड़ी मागेको या किनेको पनि सुनिन्न । सुजाता कोइराला र आरजु देउवाले लन्डनको ह्यारोड्समा सपिंग गर्दै गरेको फोटो गौरवका साथ मिडियामा सार्वजनिक गरेको देखियो ।

ज्ञानेन्द्रको परिवारलाई यो रहर होला कि नहोला ? फ्लोरिडा या मियामीमा होलिडे मनाउन जाने थुप्रै नेताहरू नेपालमा छन् तर, ज्ञानेन्द्रलाई यो रहर किन नआएको होला ? उनलाई किन चितवन या पोखरा मात्रै मन परेको होला ? पूर्व नै भए पनि राजा त हुन्, यसो हेर्दा पनि अति सामान्य लाग्ने जीवनशैली किन अपनाएको होला ?

अझै पनि उनलाई हाम्रा शासकले होच्याएरै बोल्छन् । अनेक धम्की दिन्छन् । कहिलेकाहीँ आमजनताले जस्तै देशबारे दुई शब्द बोल्दा अपराधै गरेजस्तो गर्छन् । ‘ज्ञाने चोर देश छोड्’ भन्ने मध्ये म पनि एक थिएँ । तैपनि, तिनकै स्तरमा उत्रेर क्षुद्र वचन बोल्न ज्ञानेन्द्रलाई केले छेकेको होला ? बिरामी त ‘राजा’ ज्ञानेन्द्र पनि हुँदा हुन् ।

उनकी वृद्ध आमाको स्वास्थ्य पनि त्यत्ति राम्रो छ भन्ने सुनिन्न । तर, तिनलाई उपचार गर्न विदेश नै जानुपर्छ भन्ने ज्ञान किन नआएको होला ? त्यत्रो दुई सय वर्षभन्दा बढ़ी शासन गरेको राजसंस्थाका अन्तिम शासक ज्ञानेन्द्रको हल्ला गरिएजस्तो विशाल सम्पत्ति पनि देखिएन । अन्य देशका राजधानीमा प्रायः हरेक राजाका दर्जनौँ दरबार हुन्छन् ।

भारत या चीनसँग हदैसम्म झुकेको भए कतै राजसंस्था बची पो हाल्थ्यो कि ? त्यस्तो प्रयास पनि देखिएन । यसो सोच्छु, हैन कस्तो खाले सामन्त होलान् यी जुन हाम्रा प्रखर समाजवादीहरू भन्दा पनि सामान्य जीवन बिताउँछन् र राजपाट सबै खोसिँदा र त्यत्रो अपमान हुँदा पनि देशमैं बस्छन् । कतै जाँदैनन्

राजाहरूसँग एक दुई थान हेलिकप्टर, निजी जेट विमान र प्राइभेट जंगलहरू हुन्छन् । तर, त्यही एउटा निर्मल निवासबाहेक काठमाडौंमा उल्लेख्य दरबारहरू पनि ज्ञानेन्द्रको नाममा रहेनछन् । त्यही निवास पनि पुरानो समयमा अलि धेरै जग्गामा बनेकोले ठूलो देखिएको होला, दरबारजस्तो छैन । नागार्जुनमा उनी बस्ने घर जम्मा चार कोठे छ रे । नारायणहिटी नै पनि के नै दरबारजस्तो थियो र ? अलिकति जग्गा र पर्खाल न हो ।

आज संग्राहालय बनेको त्यो दरबार छिर्दा म अचम्म बनेको थिएँ । कति मामुली बेडरूमहरू, कति सामान्य सजावट । बरु राणाहरूले बनाएका महल भव्य र महँगा लाग्ने । उनले विदेशतिर अकूत सम्पत्ति जोडेको पनि देखिएन । हाम्रा प्रधानमन्त्रीले बालुवाटार छोड्दा पकाउने भाँडाकुँडा र कार्पेट पनि लैजान्छन्, उनी एउटा कारमा बिदा भएका थिए ।

भारत या चीनसँग हदैसम्म झुकेको भए कतै राजसंस्था बची पो हाल्थ्यो कि ? त्यस्तो प्रयास पनि देखिएन । यसो सोच्छु, हैन कस्तो खाले सामन्त होलान् यी जुन हाम्रा प्रखर समाजवादीहरू भन्दा पनि सामान्य जीवन बिताउँछन् र राजपाट सबै खोसिँदा र त्यत्रो अपमान हुँदा पनि देशमैं बस्छन् । कतै जाँदैनन् ! लोकप्रिय, जनवादी, सर्वहारा र क्रान्तिकारी राष्ट्रपतिलाई बरु डर लाग्छ र आकाश–धर्ती खालि गर्नुपर्छ, यी सामन्ती मनुवा सड़कमा खुलेआम मान्छेको बीचमा देखिन्छन् ।

कस्तो डर पनि नलागेको होला ? परिस्थितिले राजा बनेका थिए, जनताले राजसंस्था चाहिन्न भनेर आन्दोलन गरे, यिनले छोडिदिए । त्यसबाहेक खास गल्ती यिनको के नै थियो र ? लौ राजसंस्था खराबै होला रे, तर यिनले सुरु गरेको त होइन । अलि अर्घेलो भनेको शेरबहादुरलाई अक्षम भनेर फालेका थिए यिनले । अहिलेका दुईतिहाइवालाले पनि उनलाई अक्षम नै त भन्छन् । अलि राम्रो होला कि भन्ने लाग्यो होला, भएन ।

नेपालसम्मको मर्यादा त तोकिएको छ तर उनका लागि कुनै ठाउँ छैन । उनी एउटा इतिहास त हुन् नि । हाम्रा नेताहरूलाई पत्रिकाले ‘तिमी’ भनेर सम्बोधन गरेको मन पर्दैन प्रधानमन्त्री केपी शर्मा ओलीले त मुखै खोलेर भने तर तिनैले पूर्व राष्ट्रप्रमुखलाई तपाईं भन्ने सामान्य आदर गर्न पनि किन हिचकिचाउने होलान्

मुलुकलाई स्विट्जरल्यान्ड बनाउँछु भनेर ज्ञानेन्द्रले कहिल्यै गफ पनि त दिएनन् । भएको भन्दा अलिकति राम्रो बन्छ कि भन्ने न थियो । एउटा दुई महिने नाकाबन्दीले हाम्रो आर्थिक वृद्धिदर शून्यप्रतिशतमा झरेको थियो, माओवादी द्वन्द्वले देशै नाकाबन्दी जस्तो हुँदा पनि अर्थतन्त्र स्वस्थ नै रह्यो । अहिलेजस्तो कहालीलाग्दो व्यापारघाटा त्यो वेला थिएन ।

अहिले राजदूत या जिएम नियुक्ति जसरी हुन्छ, उनले त्यसरी नै गरेको भए जम्मै मन्त्री र कर्मचारी शाह र राणा मात्रै हुन्थे होला । तर अचम्म, हाम्रो सरकारले तोकेको मर्यादाक्रममा देउवादेखि माधव नेपालसम्मको मर्यादा त तोकिएको छ तर उनका लागि कुनै ठाउँ छैन । उनी एउटा इतिहास त हुन् नि । हाम्रा नेताहरूलाई पत्रिकाले ‘तिमी’ भनेर सम्बोधन गरेको मन पर्दैन प्रधानमन्त्री केपी शर्मा ओलीले त मुखै खोलेर भने तर तिनैले पूर्व राष्ट्रप्रमुखलाई तपाईं भन्ने सामान्य आदर गर्न पनि किन हिचकिचाउने होलान् ? किन कुनै महत्वपूर्ण सरकारी कार्यक्रमहरूमा उनलाई ननिम्त्याइने होला ? के हाम्रो लोकतन्त्रमा उनी अटाउन्नन् ? के उनलाई राज्यले अलिकति आदर दिँदा हाम्रो व्यवस्थै डगमगाउँछ ?

देशको नागरिकता त्यागेकाहरूलाई त राजनीतिकबाहेक सांस्कृतिक र सामाजिक अधिकारसहितको गैर–आवासीय नागरिकता दिने व्यवस्था भएको छ, अलिकति ठूलो मन गरेर यी अन्तिम राजा बाँचुञ्जेल राजनैतिक बाहेकका चाडपर्व, जात्राहरू र मठमन्दिरसँग जोडि़एका सांस्कृतिक अधिकार दिन सकेको भए पनि हुन्थ्यो । हाम्रो समस्या राजनीतिसँग पो थियो ! धर्मनिरपेक्ष देशमा नास्तिक, भौतिकवादी, मुस्लिम या क्रिस्चियन जो पनि राष्ट्रप्रमुख बन्न सक्छ, तर उसलाई मच्छिन्द्रनाथको भोटो दर्शन गराउनु कत्तिको सार्थक होला ?

यो लेख नारायण गाउँले सौर्य दैनिकको लागि लेख्नुभएको हो !

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०४:३२

सहरी नयाँ चलन लिभिङ् टुगेदर ! पेटमा तीन महिनाको गर्भ !