मेलम्ची आयोजनाको पाइप भित्र फँसेर दाजुभाइको ज्यान गयो

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काममा खटिएका समयमा पाइप भित्रै फँसेर गम्भीर घाइते भएका दुई जनाको शुक्रबार ज्यान गएको छ।

मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएरका दुईजनालाई उद्धार गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएपनि दुई जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेहरुमा सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साह रहेका छन्। मृत्यु हुने दुवै जना सहोदर दाजुभाइ रहेको प्रहरीले जनाएको छ।

पाइपभित्रै फँसेका उनीहरुलाई आधा घण्टाको प्रयास पछि मात्रै उद्धार गरिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौं र बालाजु बृत्तबाट खटिएको प्रहरी टोलिले आधा घण्टाको प्रयास पछि साह दाजुभाइको उद्धार गरी अस्पतला पठाएको थियो।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०६:२९

सविताले जनकपुरमा जन्माइन् दुई टाउको भएको बच्चा, तर डेढ घण्टामै रित्तियो काख !