ह्वातै बढ्यो आज सुनको मुल्य, चाँदीको मुल्य स्थिर!

काठमाडौँ , साउन १७  । आज साताको अन्तिम  दिन अर्थात् शुक्रबार सुनको मुल्य ह्वातै बढेको छ । बिहिबार तोलामा  तोलामा २ सय रुपैयाले घटेको सुनको मुल्य आज तोलामा एक्कासी ८  सय रुपैयाले बढेको छ ।

बिहिबार   प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज  तोलामा ६५ हजार ८ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ६५  हजार ५ सय रुपैयामा कायम रहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य  भने स्थिर रहेको छ । बिहिबार तोलामा ७ सय ७० रुपैयामा किनबेच भैरहेको चाँदीको मुल्य आज  पनि सोहि मुल्यमा कायम रहेको  महासंघले जनाएको छ ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०६:२३

तिज नजिकिदै गर्दा ह्वातै बढ्यो सुनचाँदीको मुल्य, किन्नेको भन्दा बेच्नेको भिड!