तिज नजिकिदै गर्दा ह्वातै बढ्यो सुनचाँदीको मुल्य, किन्नेको भन्दा बेच्नेको भिड!

काठमाडौँ , साउन २०  । आज साताको दोस्रो  दिन अर्थात् सोमबार पनि सुनको मुल्य ह्वातै बढेको छ । आइतबार  तोलामा  ५  सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा एक्कासी १५ सय रुपैयाले बढेको छ ।

आइतबार   प्रतितोला ६६  हजार ३  सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज  तोलामा ६७  हजार ८   सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ६७  हजार ५ सय रुपैयामा कायम रहेको छ ।  लगातार सुनको मुल्य  बढेपछि ग्राहकहरु सुन किन्न भन्दा बेच्न उत्साहित भएको जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा २०  रुपैयाले बढेको छ । आइतबार  तोलामा ७ सय ७५  रुपैयामा किनबेच भैरहेको चाँदीको मुल्य आज  तोलामा ७ सय ९५  रुपैयामा कायम रहेको  महासंघले जनाएको छ ।

प्रकाशित : सोमबार, साउन २०, २०७६०६:२२

लगातार बढ्यो सुनको मुल्य, चाँदीको मुल्य स्थिर!