लगातार बढ्यो सुनको मुल्य, चाँदीको मुल्य स्थिर!

काठमाडौँ , साउन २१ । आज मंगलबार पनि सुनको मुल्य  बढेको छ । सोमबार  एक्कासी १५ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाले बढेको छ ।

सोमबार  प्रतितोला ६७   हजार ८  सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज  तोलामा ६८  हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ६७  हजार ७  सय रुपैयामा कायम रहेको छ ।  आइतबार यता लगातार सुनको मुल्य  बढेपछि ग्राहकहरु सुन किन्न भन्दा बेच्न उत्साहित भएको जनाइएको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ  । सोमबार   तोलामा ७ सय ९५  रुपैयामा किनबेच भैरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य (७ सय ९५) मा कायम रहेको  महासंघले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०७:३५

आज फेरी ह्वातै बढ्यो सुनचाँदीको मुल्य!