आज फेरी ह्वातै बढ्यो सुनचाँदीको मुल्य!

काठमाडौँ , साउन २२ । आज बुधबार पनि सुनको मुल्य  बढेको छ । मंगलबार  तोलामा २ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा एक्कासी १५ सय रुपैयाले बढेको छ ।

मंगलबार  प्रतितोला ६८  हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज  तोलामा ६९ हजार ५ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ६९ हजार २  सय रुपैयामा कायम रहेको छ ।  आइतबार यता  सुनको मुल्य  लगातार बढेपछि ग्राहकहरु सुन किन्न भन्दा बेच्न उत्साहित भएको जनाइएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले बढेको छ ।  मंगलबार  तोलामा ७ सय ९५  रुपैयामा किनबेच भैरहेको चाँदीको मुल्य आज तोलामा ८ सय १० रुपैयामा  कायम रहेको  महासंघले जनाएको छ ।

प्रकाशित : बुधबार, साउन २२, २०७६०६:१८

‘एल्कोहल ब्रान्ड’ को विज्ञापन गर्दा ट्रोलको शिकार भईन् प्रियंका, जेठानीसँग देखिईन यस्ती