ट्राफिक प्रहरीलाई १ हजार घुस दिन खोज्दा प्रहरी फन्दामा !

काठमाडौँ – ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा एक व्यक्ति प्रहरी फन्दामा परेका छन्।

महानगरीय ट्राफिक प्रहरी प्रभाग हलचोकबाट काठमाण्डौ महानगरपालिका-१५ हलचोकमा खटिएको ट्राफिक प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाण्डौ नैकाप घर भएका वर्ष ३२ को दिल बहादुर तामाङ रहेका छन्। तामाङ बुधबार चेकजाँचको क्रममा ट्राफिक प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।

महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार साउन १६ गते १७:३० वजे हलचोक सडकमा चेकजाँच गर्दा बा.८८ प ७६८३ नम्बरको मोटरसाइकलमा आएका तामाङले कारवाहीबाट बच्न १ हजार रुपैयाँ दिन खोजेका थिए।

आर्थिक प्रलोभनमा पार्न खोजेपछि तामाङलाई प्रहरीले तत्कालै पक्राउ गरेको हो। तामाङ माथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१०:२५

विभिन्न बहाना बनाएर ट्रिपरसँग पैसा असुल्ने काभ्रेका ५ जना ट्राफिक पक्राउ …