‘सत्‍ते पे सत्‍ता’ को रिमेकमा हुन्थे सलमान खान, तर यस कारण गरेनन फिल्‍म!

फिल्म ‘सत्ते पे सत्ता’ को  रिमेक बन्दै छ। यो फिल्म निर्देशक  फराह खानको  निर्देशनमा बन्न लागेको  हो।  फिल्ममा लीड एक्‍टरको रुपमा ऋतिक रोशन र कट्रिना  कैफको नाम चर्चामा छ।  तर तपाईलाई यो जानेर छक्क पर्नुहुन्छ कि यो फिल्ममा अमिताभको भूमिकाको लागि पहिला सलमानलाई रोजिएको थियो ।

वास्तवमा  एक  रिपोर्ट अनुसार  यो  फिल्‍मलाई लिएर  पहिला अभिनेता, निर्देशक तथा  प्रोड्यूसर सोहेल खान, सलमान खानसँग फिल्म बनाउने कुरा थियो। तर सलमान खानले डेट नपाएको कारण यो योजना पूरा भएन। पत्रकार राजेश वसानीले  फेसबुकमा  एक पोस्‍ट जारी गर्दै  ‘सत्‍ते पे सत्‍ता’ को नयाँ  अवतारको बारेमा बताएका थिए ।

रिपोर्ट अनुसार एक सूत्रले भने , ”केहि वर्ष पहिले सोहेल यो फिल्मको राइट्स पाउनको लागि इच्‍छुक थिए ।  सोहेल चाहन्थे कि  रीमेकमा  सलमान, अमिताभ बच्‍चनको भूमिका निभाउन् । यो  डबल रोल थियो  र सलमान एक परफेक्‍ट भाईको  रोलमा  फिट हुन्थे ।  तर २०१९ सम्म सोहेलले  सलमानको तर्फबाट  डेट्स नपाएपछि उनले यो योजना छोडेका थिए। जबकि राजेश वसानी यसलाई छिट्टै सुरु गर्न चाहन्थे र त्यसैले उनले यो अफरलाई  ड्रप गरे ”

यो  फिल्‍म अमिताभ बच्‍चन र हेमा मालिनीको  हिट फिल्‍म ‘सत्‍ते पे सत्‍ता’ को  रीमेक हो ।  हाल फिल्ममा ऋत‍िक रोशन र कट्रिना कैफलाई  मूख्य भूमिकामा लिने चर्चा छ ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६११:५२

२७९ फिटको उचाईमा छायांकन गरिएको ‘साहो’ को दोस्रो गित सार्वजनिक…[भिडियो]