२७९ फिटको उचाईमा छायांकन गरिएको ‘साहो’ को दोस्रो गित सार्वजनिक…[भिडियो]

बाहुबली स्टार प्रभास र श्रद्धा कपूरको फिल्म साहोको दोस्रो गित  ‘एन्नी सोनी ‘2 रिलिज भएको छ । गुरु रन्धवा र तुल्सी कुमारको स्वर रहेको गीतमा गायक गुरुको शब्द रहेको छ।

‘साहो’ लाई सुन्दर बनाउन धेरै एक्सपेरिमेन्ट गरिएको छ। एक्शन सिक्वेन्स  तजीवन भन्दा ठूलो राखिएको छ । गीतमा पनि मेकर्सले राम्रो पैसा खर्च गरेको छ । हालै एन्नी साेनीको शुटिंगको खास कुरा बाहिरिएको छ।

 ‘एन्नी सोनी’ गित छायांकनको लागि टिम १०० जना मानिसको साथ अस्ट्रियाको चर्चित रिसोर्ट  ‘स्टायबाय ग्लेशियर-टप अफ टायरोल’ पुगे। त्यस लोकेशनलाई म्यानेज गर्ने मानिसले पुरै ठाउँ शुट गर्ने मानिसलाई दिएका थिए। एनी सोनी गित   संसारको सबैभन्दा लामो झुलेको फुटब्रिजमा खिचिएको हो ।

वास्तवमा टिमको कोशिस फिल्मको माध्यमबाट दर्शकलाई यस्तो लोकेशन देखाउनु थियो जुन अहिलेसम्म हिन्दि फिल्ममा कमै देखिएको छ।

खबरअनुसार  चार्ल्स कुओनेन १६२१ फिट लामो छ। त्यस्तै यसको उचाइ २७९ फिट छ। यो दुनियाको सबैभन्दा लामो पैदल यात्री सस्पेन्शन पुल हो। यो फिल्म हिन्दी, तमिल, तेलगु र मलयालम चार भाषामा रिलिज गरिने छ भने  अगस्त ३० अर्थाल भदौ १३ गते देखि फिल्म रिलिज हुँदैछ ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१२:४६

सन्तान जन्मिएपछि टुट्यो यी टेलिभिजन नायिकाहरुको सम्बन्ध, अहिले एक्लै पाल्दैछन् सन्तान !