सन्तान जन्मिएपछि टुट्यो यी टेलिभिजन नायिकाहरुको सम्बन्ध, अहिले एक्लै पाल्दैछन् सन्तान !

एजेन्सी- रिलेशनशिप , ब्रेकअप , विवाह , सम्वन्ध विच्छेद कारण कलाकारहरुको लाइमलाइटमा हुने गर्छन्। कोहि कलाकारहरुको समबन्ध लामो समय सम्म टिक्छ। तर केहिको सम्बन्ध राम्रो सँग टिक्न सक्दैन। सम्बन्ध विच्छेद पछि आफ्नो सन्तानलाई एक्लै पालिरहेका केहि टेलिभिजन नायिकाहरुको बारेमा यस लेखमा चर्चा हुनेछ।

चाहत खन्ना

चर्चित टीवी अभिनेत्री चाहत २००६ मा भरत नरसिंघानीसँग विवाह गरेकी थिइन्। भरतसँग सम्बन्ध लामो समय नचलेपछि चाहतले सन् २०१३ मा फरहान मिर्जा विवाह गरिन्। तर फरहान मिर्जासँग पनि चाहतसँग सन् २०१८ मा सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेद पनि चाहत अहिले दुई छोरीको एक्लै पालन-पोषण गरिरहेकी छिन्।

काम्या पन्जाबी

चर्चित टेलिभिजन नायिका काम्याले सन् २०१३ मा बंटी नेगीसँग विवागा गरेकी थिइन्। सन् २०१३ मा यी दुई बीच सम्बन्ध विच्छेद भएपछि काम्या अहिले छोरी आराको एक्लै पालन-पोषण गर्दैछिन्।

उर्वशी ढोलकिया

विभिन्न चर्चित सिरियलहरुमा सफल अभिनय गरिसकेकी उर्वशी ढोलकियाले सन् २०००मा १६ वर्षको उमेरमै विवाह गरेकी थिइन्। १६ वर्षको कलिलो उमेरमै विवाह गरेकी उर्वशी ढोलकियाले जुम्ल्याहा सन्तान जन्माएकी थिइन्। पतिसँग सम्बन्ध विच्छेद भएपश्चात उर्वशी ढोलकिया अहिले दुई छोराको एक्लै रेखदेख गर्दैछिन्।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१२:४७

यस फिल्मबाट रातारात बदलिएको थियो काजल अग्रवालको भाग्य !