यस फिल्मबाट रातारात बदलिएको थियो काजल अग्रवालको भाग्य !

साउथकी टप हिरोइन काजल अग्रवालले लिड एक्ट्रेस फिल्म ‘सिंघम’ बाट बलिउडमा करियरको सुरु गरेकी थिइन्। यो बाहेक ‘स्पेशल २६ ’ र ‘दो लफ्जों की कहानी’ मा पनि काम गरेकी थिइन्। काजलले बलिउडमा धमाका मच्चाउन नसके पनि  साउथमा  भने उनी टप हिरोइन हुन्। काजललाई अजय देवगनसँग काम गर्ने मौका मिलेको थियो।

फिल्म हिट भयो तर भाग्यले साथ दिएन। अहिले काजल बलिउड छोडेर टलिउडमा भाग्य  चम्काईरहेकी छन्। काजलसँग   मिनी कूपर, आडी जस्ता  लग्जरी गाडी छ । जसको मूल्य ३ करोड भन्दा धेरै छ। फिल्मी करियर सुरु गर्नुभन्दा पहिला काजलले कैयौँ विज्ञापनमा काम गरेकी थिइन्।

काजलले  सेट एनी हाई स्कूलबाट  पढाई  पूरा गरेकी हुन्। त्यसपछि काजलले  केसी कलेज मुम्बईमा आफ्नो  ग्रेजुएशन मास मीडिया स्ट्रीम पढाई पूरा गरिन्। काजलको  करियरमा  सबैभन्दा हिट फिल्म  ‘मगधीरा’ मानिन्छ। यसै फिल्मबाट उनि रातारात हिट भएकी थिइन्। यो राजामौलीको  फिल्म थियो जसले  बक्स अफिसमा रेकर्ड तोडेको थियो।

चिरंजीवीको छोरा रामचरण यो फिल्ममा हीरो थिए।   फिल्ममा  यी दुईको क्यारेक्टरको  दुई जनमको थियो। रिपोर्टअनुसार काजलले एक फिल्मको २ करोड लिन्छिन्।  काजल कैयौँ प्रसिद्व ब्रान्डको विज्ञापन गर्छिन्। उनी लक्स सीसीएलको ब्रांड एंबेसडर हुन् । फिल्म बाहेक उनि  विज्ञापनबाट पनि निकै पैसा कमाउछिन्। मीडिया रिपोर्टअनुसार काजल साउथको  बाहुबली स्टार प्रभासकी गर्लफ्रेन्ड पनि हुन्। एक समय यी दुईको अफेयरको चर्चा चलेको थियो तर अहिले भने यी दुई बीच केहि छैन।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१२:४९

बलिउडका यी १० चर्चित खलनायकका सन्तान के गर्दैछन् ? हेर्नुस् !