बलिउडका यी १० चर्चित खलनायकका सन्तान के गर्दैछन् ? हेर्नुस् !

एजेन्सी, फिल्म क्षेत्रमा जति नायक नायिकाको महत्व रहेको हुन्छ त्यति खलनायको पनि महत्व रहेको हुन्छ । जति नायक नायक नायिका चर्चामा आउँछन् त्यति नै खलनायक हरु पनि चर्चामा आएका हुन्छन् । कुनै एक जमानामा बलिउड फिल्ममा भिलेनको भूमिका निभाएका केही स्टारका सन्तान फिल्मी क्षेत्रमा नै एक्टिभ छन् भने कोही टाढा रहेका छन् ।

शक्ति कपूरकी छोरी श्रद्धा कपूर र छोरा सिद्धान्त कपूर फिल्ममा सक्रिय छन् । आज हामी यस्तै बलिउडका चर्चित १० भिलेनका सन्तानको चर्चा गछौँ :

म्याक मोहन : ‘शोले’, ‘सत्ते पे सत्ता’ र ‘कर्ज’ जस्ता सफल फिल्ममा काम गर्ने म्याक मोहनका छोरा विक्रान्त म्याकिजन पनि फिल्ममा काम गर्दैछन् । विक्रान्तलाई अन्तिम पटक फिल्म ‘द लास्ट मार्बल’ मा देखिएको थियो ।

अम्रिश पुरी : अम्रिशको नाम बलिउडका सबैभन्दा सफल खलनायकको सूचीमा समावेश छ । उनका छोरा राजिव पुरी समुन्द्री नौसेना हुन् ।

एम.बी शेट्टी : उत्कृष्ट स्टन्टम्यान र भिलेन एम बी शेट्टी चर्चित निर्देशक रोहित शेट्टीका पिता हुन् । एम बीले आफ्नो करियरको सुरुवात फाइट इन्स्ट्रक्टरको रुपमा गरे । त्यसपछि उनी एक्सन डायरेक्टर बनेपछि नायक । एम बी शेट्टीका छोरा रोहित शेट्टी बलिउडका चर्चित निर्माता निर्देशक समेत रहेका छन् ।

कबिर बेदी : बलिउडका सबैभन्दा ह्यान्डसम भिलेन भनेर चिनिने कबिर बेदीले ‘खुन भरी मांग’ मा भिलेनको भूमिका निभाएपछि दर्शकबीच निकै लोकप्रिय बनेका थिए । कबिर बेदीका छोरा अदम बेदी एक अन्तर्राष्ट्रिय मोडल हुन् ।

दलीप ताहिल : प्रेम तोड्नमा यदि कुनै भिलेनको नाम लिनुपर्दा सबैभन्दा पहिले दलीप ताहिलको नाम आउँछ । दिलिपलाई ‘बाजिगर’, ‘राजा’, ‘इश्क’, ‘कयामत से कयामत तक’ मा भिलेन बनेको देखिएको छ । दिलिपका छोरा ध्रुव ताहिल, लण्डनमा मोडलिङ गरिरहेका छन् ।

अमजद खान : शोलेमा गब्बरको भूमिका निभाएका अमजद खान वास्तविक जीवनमासमेत गब्बरको नामले चर्चित भएका थिए । आफ्नो बुवाजस्तै उनका छोरा शादाब खानले पनि फिल्ममा करियर बनाउने सोचे तर सोचेजस्तो सफलता हात पार्न सकेनन् । शादाब खानले फिल्म ‘राजाकी आएगी बारात’ बाट बलिउडमा डेब्यू गरेका थिए ।

गुलशन ग्रोवर : गुलशन ग्रोवरको नाम बलिउडका चर्चित भिलेनको सूचीमा समावेश छ । उनका छोरा सञ्जय फिल्मको लाइनबाट टाढा छन् । उनी एक व्यापारी हुन् ।

शक्ति कपुर : ७० र ८० को दशकमा भिलेन बनेर मानिसहरुमाझ चर्चित बनेका शक्ति कपूरको डायलग ‘आउ लोलिता’ निकै चर्चित छ । शक्ति कपुरजस्तै उनका छोरा सिद्धान्त पनि फिल्मी दुनियाँमा करियर बनाउन चाहन्छन् । सिद्धान्तले ‘हसिना : द क्वीन अफ मुम्बई’ बाट बलिउडमा डेब्यू गरिसकेको छन् भने उनकी छोरी श्रद्धा कपुर आज बलिउडमा निकै चर्चित छिन् ।

डेनी डेन्जोंगपा : डेनी डेन्जोंगपाले फिल्ममा भिलेनका साथै विभिन्न भूमिकामा देखिएका छन् । यस्तै, उनका छोरा रिन्जिंग पनि फिल्ममा आउने तयारीमा छन् ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१२:५१

बलिउडको यी ५ फिल्म जुन एकदमै कम बजेटमा बनेर पनि बक्स अफिसमा भएको थियो सुपरहिट!