विवाहको अघिल्लो रात हरेक युवतीको मनमा खेल्छन् आश्चर्यलाग्दा यी ४ कुरा !

हरेक व्यक्तिको मनमा विवाह भन्दा अघि धेरै कुराहरु खेल्ने गर्छ। उनीहरु विवाह पछिका आफ्ना जिम्मेवारी देखि आफूले परिवारमा निभाउने पर्ने भूमिकाको बारेमा जो कोहिले सोच्ने गर्छन। विवाह अघि युवतीहरुको मनमा पनि विभिन्न कुराहरु खेल्नु स्वाभाविक कुरा हो। आफ्नो जन्मघर छोडेर संगै जीवन जिउने कसम खाएर पराई घर जानु त्यति सहज हुँदैन। आज हामी तपाईहरुलाई विवाह अगाडी हरेकको मनमा खल्ने केहि कुराहरु बताउन जाँदै छौँ।

१. घरको व्यवहार : हरेक युवतीहरुले आफ्नो माइतीको तुलना घरसँग गर्नसक्छन कि मैले त्यहाँ कस्तो माया पाउन सक्छु होला ? न माइतीमा भन्दा हेला हुन्छ कि। यी कुराहरु हरेक युवतीले विहे अगाडी सोच्ने गर्छन। आफू बिहे गरेर जाने परिवारको स्वभाव र संस्कारको बारेमा युवतीहरुमा मनमा बढी प्रश्न उठ्ने गर्छ।

२. जिम्मेवारी : विहेलाई लिएर युवतीको मनमा विभिन्न कुराहरु खेल्नु स्वभाविक हो । मानिसलाई लाग्न सक्छ युवती विहेपछि हनिमुनको बारेमा सोच्छन् । तर, यस्तो हुँदैन । उनीहरुको मनमा के आफू विहे गरेर ठूलो जिम्मेवारी लिने भइसकेछु र ? विवाह पछि आफ्ना जिम्मेवारी के रहनछन् भन्ने बारेमा उनीहरु सोच्ने गर्छन।

३. जीवन साथीको बारे : हरेक युवतीहरुले आफ्नो जीवनसाथीको बारेमा बढी सोच्ने गर्छन। आफ्नो पति ,घरपरिवार कस्तो होला भन्ने कुराले महिलाहरुलाई पिरोल्ने गर्छ। केही पुरुषहरु श्रीमती को इच्छा चाहनाको ख्याल नगर्ने प्रकृतिका हुने गरेका भएपनि केहि भने आफ्ना पत्नीलाई खुशी र सुखी राख्न हरदम प्रयासरत रहने गर्छन। आफ्नो पति कुन स्वभावको हुन् सक्छ भन्ने कुराहरु विवाह अगाडी महिलाहरुको मनमा खेल्ने गर्छ।

४. शारिरिक सम्बन्ध बारे : विवाह पश्चात पतिपत्नी बीच शारिरिक सम्बन्ध रहनु कुनै नौलो कुरा होइन। तर युवतीहरु बिहेको पहिलो दिन शारिरिक सम्बन्ध राख्न रुचाऊँदैनन। उनीहरु पहिलो रात सम्बन्ध नराख्न के गर्ने भन्ने विषयमा समेत सोच्ने गर्छन।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६१३:१०

आलिया भट्टको यस साधारण ह्याण्डब्यागको मूल्य सुनेर उड्न सक्छ होश !