ट्रम्पलाई मिचेल ओबामाले मात्र हराउने भन्दै चर्चा, उम्मेदवारी दिने बारे मिचेलले यसो भनिन्

एजेन्सी – अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेकी छन्।

मिचेलले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला त्यस प्रतिश्पर्धामा आफू नरहेको उनले शुक्रबार स्पष्ट परेकी हुन्। मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटोहरु रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताएकी हुन्।

“त्यस विषयमा मेरो शुन्य संभावना रहेको छ,” उनले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने बारेमा सोधिएको प्रश्नमा भनिन् ।

उनले आफु युवाहरुसँग काम गर्न चाहेको र स्वस्थ जीवनका लागि धेरै परिवारलाई सहयोग गर्न चाहेको बताइन्। आफूलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन पटक पटक आग्रह भइरहेको उनले जानकारी गराइन्।

हालै मात्र अमेरिकी चलचित्र निर्माता मिचेल मुरले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्न मिचेल ओबामाले मात्रै सक्ने बताएका थिए।उनको टिप्पणीसँगै राष्ट्रपतिका लागि मिचेल ओबामाको उम्मेदवारीको चर्चा चुलिएको हो।

प्रकाशित : शनिबार, साउन १८, २०७६१०:४७

माओवादी शिविरमा भारतको विषेश सुरक्षा फौजले…