माओवादी शिविरमा भारतको विषेश सुरक्षा फौजले…

एजेन्सी – भारतको विषेश सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोहीको ज्यान गएको छ । जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

छत्तिसगढ राज्यको राजधानी रायपुरदेखि झण्डै ७० किलोमिटर टाढा पर्ने राजनान्ड्गोन जिल्लामा रहेको माओवादी शिविरमा घटना भएको हो ।

“घटनास्थलबाट सात ओटा शव नियन्त्रणमा लिइएको छ,” नाम उल्लेख नगर्ने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिए ।

प्रकाशित : शनिबार, साउन १८, २०७६११:००

कुलमानको कमाल : त्रिशुली थ्री ‘ए’ पूर्ण रुपमा सम्पन्न, ६० मेगावाट राष्ट्रिय प्रणालीमा जोडियो !