साउन १८, पछिल्लो समय निकै चर्चा कमाउन सफल हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) साउन १६ गते रोधी साँझ कार्यक्रमको लागि जापान उडेका थिए । तर उनलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको २३ औ रोधी साँझ कार्यक्रमको लागि उमेश राई र लोकगायिका सबिना गुरुङ एकसाथ बिहिबार जापान उडेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरु दुवैलाई प्रवेशाज्ञा नदिएको बताएको छ ।
तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी यस कुराको जानकारी गराएको हो । कलाकारद्वय फर्कनु परेकोमा दुःख व्यक्त गर्दै आयोजक संस्था तमु धिंले कार्यक्रम पहिले तोकिएको समय र स्थानमै हुने जानकारी गराएको छ ।