घरकै पिङ पासो बन्यो, डोरी घाटिमा बेरिँदा बालिकाको ज्यान गयो !

सांकेतिक तस्विर

काठमाडौँ – पिङ खेल्ने क्रममा डोरी घाटिमा बेरिँदा गुल्मीमा एक बालिकाको ज्यान गएको छ।

पिङ खेल्दा गुल्मी स्थिति चन्द्रकोट गाउँपालिका-२ भिरखानी निवासी ८ वर्षीय सन्ध्या परियारको ज्यान गएको हो। घरमै रहेको पिङ खेल्ने क्रममा घटना घटेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घरमै खेल्नका लागि बनाइएको पिङको डोरी घाँटीमा बेरिँदा घाइते भएकी बालिकालाई स्थानीय मेडिकल पुर्याइएको थियो।

उपचार हुँदै गर्दा बालिकाको मृत्यु भएको र शव पोष्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित : शनिबार, साउन १८, २०७६०९:३८

काठमाडौँ आउँदै गरेको ट्रक मोटरसाइकलसँग जुध्दा १ जनाको मृत्यु !