काठमाडौँ आउँदै गरेको ट्रक मोटरसाइकलसँग जुध्दा १ जनाको मृत्यु !

सांकेतिक तस्विर

काठमाडौँ – चितवनमा भएको एक सडक दुर्घटनामा परी शनिबार एक जनाको मृत्यु भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको हो।

रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने २५ वर्षीय मिदेश नेपालको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन् ।

दुर्घटनामा परी सोही स्थान बस्ने मोटरसाइकल चालक २७ वर्षीय निदेश नेपाल घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : शनिबार, साउन १८, २०७६०९:५३

‘पीएचडी’ विद्यार्थीहरुलाई बाबुरामले दिए लेक्चर ! [पूरै लेक्चर सहित]