‘पीएचडी’ विद्यार्थीहरुलाई बाबुरामले दिए लेक्चर ! [पूरै लेक्चर सहित]

काठमाडौँ – समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुलाई लेक्चर दिएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर विद्यार्थीलाई लेक्चर दिएका हुन्। भट्टराईले लेक्चरको क्रममा त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीसँग छलफल गरेका थिए।

भट्टराईले विद्यार्थीहरुसँग ‘नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा छलफल गरेको बताइएको छ। त्रिभुवन विश्वविद्यालय पुगेका भट्टराईले विभिन्न विषयहरुमा ‘प्रिजेन्टेसन’ प्रस्तुत गरेका थिए।

विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषयमा ‘प्रिजेन्टेसन’ प्रस्तुत गरेका थिए।

प्रकाशित : शनिबार, साउन १८, २०७६१०:०२

ट्रम्पलाई मिचेल ओबामाले मात्र हराउने भन्दै चर्चा, उम्मेदवारी दिने बारे मिचेलले यसो भनिन्