ब्राम्पटनसँग भिड्दै सन्दीपको टोरन्टो ! यस्तो छ सन्दिप टिममा पर्ने सम्भावना

एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनलले ब्राम्पटनले वोल्भीसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार राती १०:१५ पछि सुरु हुने छ ।

ब्राम्पटन ३ मा जित ३ मानै जित निकाल्दै शीर्ष स्थानमा छ । यता सन्दीप सम्मिलित नेशनल भने ३ खेलमा २ मा हार १ मा जित सहित पाँचौ स्थानमा हरेको छ । टोरन्टोले हारेको दुबै खेल खराब बलिङको कारण हारेको छ । त्यसैले आज सन्दीपलाई मौका दिन सक्छ ।

सन्दीपको टिमको भारतका विष्फोटक ब्याट्सम्यान युवराज सिंहले गर्ने छन् । त्यस्तै ब्रेन्डन म्याकुलम, हेनरिक क्वालासेन, मिचेल म्याक्लेनघन जस्ता स्टार खेलाडी रहेका छन् । ब्राम्पटनमा कोलिन मुनरो, बाबर हायत, शाहिद अफ्रिदी, वहाब रियाज, इस सोधी, डरेन शमी जस्ता खेलाडी रहेका छन् । उपाधिको दाबेदार प्रस्तुत गरि रहेको ब्राम्पटनले तीनै खेल सहजै जितेको छ ।

नेशनलले २ सय १६ रन बनाउँदा पनि विनिपेग हक्ससँग ३ विकेटले पराजित भएको थियो । जसको कारण आजको खेलमा सन्दीपलाई मौका दिन सक्छ ।

प्रकाशित : शनिबार, साउन १८, २०७६१२:३२

ग्लोबल टि२० क्यानडाको पहिलो खेलमै चुटिए सन्दिप, टोरन्टोको हार !