बलिउडका यी नायिकाहरुको सैन्य शक्तिसँग रहेछ सम्बन्ध !

भारतका प्राय अभिनेत्रिहरु सधैं आफ्नो देशको रक्षाका लागि चासो देखाऊछन् । आफ्नो देशप्रति कसैले नराम्रो दृष्टिले हेर्छ र हमला गर्न खोज्छ भने तिनका बिरुद्द लड्न समेत पछि पर्दैनन् । सैन्य परिवारका यी अभिनेत्रिहरु सधै बर्दीमा हुने सैनिक अथवा कसैलाई सम्मान गर्ने गर्छन ।

हामीलाई थाहा छ कि भारतीय इतिहासमा धेरै भारतीय चलचित्रहरू भारतीय सेनामा आधारित छन्। बलिउडको धेरै चलचित्रहरु जस्तै सीमा, लोर्ग कार्गिल, लक्ष्य, २६-११ को हमला, बेबी,जस्ता अरु थुप्रै चलचित्रमा भारतका सैनिकहरु लाई समर्पित गरि निर्माण गरिएको छ । यहाँ हामी तपाईंलाई बलिउडका अभिनेत्रीहरूको बारेमा बताउन जाँदैछौं जुन सैन्य परिवारबाट आएका छन् ।

प्रियंका चोपड़ा:
अभिनेत्रि प्रियंका चोपड़ाका पिता अशोक चोपड़ा र आमा मधु चोपड़ा सेनाका डाक्टर थिए, जसले उनलाई बलिउडदेखि हलिवुडसम्म पुर्याउन मद्धत गरे ।

नेहा धूपिया
पूर्व मिस इंडिया बन्न सफल नेहा धूपियापनि सैन्य पृष्ठभूमिबाट आएकी हुन् । नेहाका बाबु प्रदिप धूपिया भारतीय सेनाका कमान्डर थिय त्यसैले उनको अध्ययनपनि सैनिक विद्यालयबाट नै सम्पन्न गरेकी थिईन ।

सुष्मिता सेन

बलिउडकी प्रसिद्ध अभिनेत्री तथा पूर्व मिस यूनीवर्स सुष्मिता सेन भारतीय सेनाबाट रिटायर्ड विंग कमाण्डरकि कि छोरि समेत हुन् । उनको पिता सबिर सेन वायु सेना मा विंग कमाण्डर थिय। सुष्मिता सेनले पनि उनको अध्ययन वायु सेना स्कूलबाट नै पूरा गरेकी थिईन।

लारा दत्ता
सन् २००० मा, मिस यूनिवर्स जित्न सफल भएकी लारा दत्तका बाबु एलके दत्ता , एयर फोर्सको विंग कमाण्डरको रूपमा सेवानिवृत्त थिय । त्यसै समयमा, उनकी ठुली बहिनी सबरीनापनि भारतीय वायु सेनामा एक अधिकारी थिईन।

प्रीति जिंटा
प्रीति जिंटाका पिता दुर्गानंद जिंटा भारतीय सेनाको प्रमुख थिए। र आज उनका भाइ दीपांकर पनि भारतीय सेनामा एक अफिसरको रूपमा सेवा गरिरहेका छन्। 13 वर्षको उमेरमा बुबाले प्रीति जिंटा छोडेर गए। उनको बाबुको एक दुर्घटनामा परि मृत्यु भयो।

अनुष्का शर्मा
बलिउड अभिनेत्री अनुष्का शर्माक पिता कर्नल अजय कुमार शर्मा भारतीय सेनामा कार्यरत थिय । उनको बाबुको काम देशका थुप्रै शहरहरूमा सरुवा भइराख्ने कारणले , अनुकाले धेरै स्कूलहरू बदलिदै पढेकी थिईन। अनुष्का शर्माले धेरै पटक भनेकि छिन् कि उनी एक आर्मी अफिसरकी छोरि भएको कारण धेरै गर्ब गर्छिन।

प्रकाशित : शनिबार, साउन १८, २०७६१३:४४

यसकारण आफुभन्दा २० वर्ष कान्छी अभिनेत्रीसँग जोडिएको थियो सनी देओलको नाम!