यस हप्ताको राशिफल
(श्रावन १९ देखि श्रावन २५ गतेसम्म)
मेष
आर्थिक सम्बृद्धिको साता रहला। पारिवारिक सुख शान्ति बढ्नेछ। बिद्या बुद्धि बढ्ला। दाम्पत्य र पारिवारिक सुख शान्ति सम्बृद्धि रहन सक्ने छ। यात्रा अकस्मात बन्न जाला। दाजुभाई, दिदीबहिनी, घरपरिवारबाट सहयोग प्राप्त रहनेछ। स्वास्थ्यमा केही समस्या देखा पर्नेछ। व्यापार व्यवसायमा मध्यम लाभ देखिन्छ।
वृष
आर्थिक क्षेत्र सबल भएर जाला। खेलाडीहरुको लागि साता मध्यम देखिन्छ। स्वास्थ्यमा केही समस्या देखा पर्न सक्नेछ। मान,सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। दाजुभाई, दिदीबहिनी बीच केही समस्या बन्न सक्ने छ। घर परिवारको सहयोग प्राप्त रहन सक्ने छ। मान सम्मान इज्जत प्रतिष्ठा बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ देखिन्छ। बिद्या बुद्धि बढ्नेछ।
मिथुन
नयाँ कामको आरम्भ बन्नेछ। पारिवारिक सुख शान्ति बन्ला। सुभ कार्यमा सरिक हुने साता रहेको छ। मनमा उत्साह र उमङ्गहरु बढ्नेछन्। दाम्पत्य जीवनमा सुख शान्ति बढ्ला। नयाँ कार्यको थालनी हुनेछ। कुल कुटुम्ब बिचको सहयोग प्राप्त रहने देखिन्छ। स्वास्थ्यमा केही समस्याहरु देखा पर्नेछन्। आर्थिक कारबारमा थोरै विचार पुराउनु पर्नेछ। व्यपारमा मध्यम लाभ देखिन्छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।
कर्कट
नयाँ कार्यको थालनी बन्ला। मनमा उत्साह र उमङ्गहरु बढ्नेछन्। स्वास्थ्यमा सुधारात्मक योगहरु देखा परेको छ। घर परिवारको सहयोग प्राप्त रहन सक्नेछ। सन्तान सुख शान्ति बन्ला। नयाँ कार्यको थालनी बन्ला। व्यपारमा मध्यम छ। देश बिदेशमा नयाँ कार्य बन्नेछन्। यात्रा अचानक रुपमा बन्नेछ।
सिंह
आतेको नयाँ काम बन्ला। बिद्या, बुद्धि बढ्ने छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। काममा केही बाधा र समस्याहरु बढ्नेछन्। नचाहिदा झुटा आरोप र प्रत्यारोप बेहोर्नु पर्ला। जागिरेहरुको लागि साता मध्यम छ। व्यापारी बर्गहरुको लागि साता सामान्य छ। स्वास्थ्यमा केही समस्या देखा पर्नेछ। सवारी साधन चलाउदा थोरै विचार पुराउनु पर्ला। नयाँ कार्यको थालनी बन्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहको छ।
कन्या
मनमा उत्साह र उमङ्गहरु बढ्ला। नयाँ कार्यका थालनी बन्लान। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। दाम्पत्य र पारिवारिक जीवन सुख बन्ला। साथीभाईको विश्वास गर्नाले धोका पाउन सक्ने अवस्था रहेको छ। आय आर्जनका मार्गहरु बन्नेछन्। कृषि क्षेत्रमा लाभ छ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम छ। व्यापारमा मध्यम रहला। अचानक यात्राका योगहरु बन्न सक्नेछन्। साहित्य संगीतमा भने निकै उत्साह जनक कार्य बन्ने देखिन्छ।
तुला
मनमा उत्साह उमङ्गहरु बढ्नेछन्। लेनदेनमा केही समस्या पर्ला। झुटा आरोप र प्रत्यारोप लग्न सक्नेछ। कृषि क्षेत्र निकै राम्रो देखिन्छ। नयाँ सवारी साधनका योग बन्लान। साहित्य संगीतमा भने निकै राम्रो देखिन्छ। खेलाडीहरुको लागि साता मध्यम छ। आर्थिक पक्ष मध्यम रहला। यात्रा सुखद रहन सक्ने छ। देश बिदेशमा रहदा नयाँ कार्य नबन्ला भन्न सकिन्न। रोकिएको कामहरु बन्नेछन्। दाजुभाई र पारिवारिक उन्नति, प्रगति राम्रो देखिन्छ।
वृश्चिक
आय आर्जनका मार्गहरु बढ्नेछन्। स्वास्थ्यमा केही समस्याहरु देखा पर्नेछ। बसिराखेको ठाउँ परिवर्तन हुन सक्ने सम्भावना रहेको छ। राजनीतिक र सामाजिक क्षेत्रमा भने मान, सम्मान बढ्ला। पारिवारिक सुख, शान्ति, सम्बृद्धि मिल्नेछ। नयाँ कार्यको थालनी बन्ला। धार्मिक कार्यमा सरिक हुने देखिन्छ। आफन्त पर्यजनबाट पाउने सहयोग मध्यम रहला। अचानक धनलाभ योग बन्नेछ। यात्रामा धेरै विचार पुराउनु पर्ला। पारिवारिक र दाम्पत्य जीवन भने राम्रो देखिन्छ।
धनु
यो साता कार्यमा केही अर्चन र बाधा पर्न सक्नेछ। धार्मिक कार्यमा सरिक हुने देखिन्छ। मठ मन्दिरको दर्शनले उत्साह र उमङ्गहरु बढ्नेछन्। नयाँ कार्य थालनी होला। व्यापार व्यवसायमा मध्यम देखिन्छ। साहित्य, संगीत र कलामा भने निकै राम्रो प्रदशन रहेको छ। कृषि क्षेत्र राम्रो देखिन्छ। बिद्या बुद्धि बढ्ला। व्यापारमा केही समस्याहरु बढ्ला नचाहिदा झुटा आरोप प्रत्यारोप यो साता सहनु पर्ला। स्वास्थ्यमा केही विचार पुराउनु पर्नेछ। पारिवारिक, दाम्पत्य र घरपरिवार बालबच्चाबाट केही चिन्ता र अप्ठ्यारा पक्षहरु रहन सक्नेछ।
मकर
नयाँ कार्यको थालनी बन्न सक्नेछ। आर्थिक पक्षमा केही समस्या नहोला भन्न सकिन्न। दाजुभाई दिदीबहिनी बीच केही समस्याहरु देखा पर्ला।साहित्य संगीतमा भने निकै इच्छा बढ्नेछ। खेलाडीको लागि साता मध्यम छ। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्नेछन्। रोकिएको काम बन्ला। मातापितामा स्वास्थ्यमा केही समस्या देखा पर्ला। अचानक यात्रा बन्ने देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम देखिन्छ।
कुम्भ
मनमा उत्साह र उमङ्गहरु बढ्ला। साहित्य संगतिमा भने रुचि बढ्नेछ। सन्तान प्राप्तिका योगहरु बन्ने देखिन्छ। खानपानमा विचार पुराउनु पर्ला। स्वास्थ्यमा केही समस्या देखा पर्ला। नयाँ कार्यको थालनी बन्ला। बिद्या बुद्धि बढ्नेछ। जागीरेहरुको लागि साता निकै समस्यामा बित्ला। बसेको ठाउमा केही परिवर्तनका योगहरु देखिन्छ। अध्यात्म क्षेत्रले गर्दा काम र उन्नति प्रगतिमा सफत्ला मिल्ने छ।
मीन
काम उन्नति प्रगतिमा भने राम्रो सफलता मिल्नेछ। मनमा धेरै कुराहरु खेल्नेछन्। स्वास्थ्यमा थोरै समस्या देखा पर्ला। कृषि क्षेत्रमा लाभ छ। बिद्या बुद्धि बढ्नेछ। शिक्षा क्षेत्र निकै राम्रो देखिएको छ। खेलाडीहरुको लागि साता मध्यम छ। घर परिवारको सहयोग प्राप्त रहला। आर्थिक उन्नति प्रगति बन्ने छ। धार्मिक कार्यमा सरिक हुने देखिन्छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम रहेको छ। (यस साप्ताहिक राशिफल डा. उत्तम उपाध्याय न्यौपानेले लेखेका हुन्।)