एमबाप्पेले नेयमारलाई धकेलेर टिम फोटोबाट बाहिर निकाल्न खोजेपछि…[भिडियो सहित]

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार भएको फ्रेन्च सुपर कपको खेलमा रेन्नेसलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्यो ।

खेलमा सहभागिता नजनाएका ब्राजिलियन स्टार नेयमार खेलको समाप्तिपछि भएको ट्रफी र पदक वितरण समारोहमा भने उपस्थित थिए । उनी मैदानमा नउत्रिएपनि पदक ग्रहण गर्न भने समारोहमा उपस्थित थिए । तर उनी खुसियाली मनाउने मुडमा भने देखिएनन् ।

इटालियन मिडफिल्डर मार्को भेराट्टीले ट्रफी उचाल्ने समयमा नेयमारलाई तान्दै टोलीसँगै रहन भने । यसक्रममा युवा खेलाडी किलियन एमबाप्पेले पनि नेयमारलाई आफूतर्फ बोलाएका थिए । तर खुसीयाली मनाउने क्रममा नेयमार र एमबाप्पेबीच केहि मनमुटाव बढेको देखियो ।

ट्रफीसँग रहेर टोलीले फोटो खिच्ने समयमा भने एमबाप्पेले नेयमारलाई धकेल्दै बाहिर पठाए । नेयमारले पछिल्लो समय आफू बार्सिलोना फर्कन चाहेको बताउँदै आएका छन् । उनी पीएसजीको प्रशिक्षणमा पनि तोकिएको समयभन्दा एक साता ढिला आएका थिए । ट्रफी वितरण समारोहमा देखिएको हाउभाउले नेयमारले क्लब छाड्ने मनासय राखेको प्रष्ट देखिन्छ ।

प्रकाशित : आइतबार, साउन १९, २०७६०४:०९

सन्दीपले प्रदर्शन सुधारे, टोरन्टो विजयी !