सन्दीपले प्रदर्शन सुधारे, टोरन्टो विजयी !

काठमाडौं – लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रदर्शन सुधार गरेको खेलमा टोरन्टो नेस्नल्सले मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको टोरन्टोले मोन्टरियललाई २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रनमा रोक्न सकेको थियो । ओपनर काइल कोट्जरले २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । लगातार विकेट खसेपछि मोन्टरियलले कमजोर योगफल खडा गरेको थियो ।

टोरन्टोका लागि सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । उनले १६ औं ओभरको पहिलो बलमा म्याट क्रसलाई एलबीडब्लु धरापमा पारेका थिए । अघिल्लो दिन सन्दीप महँगो सावित हुँदा टोरन्टो पराजित हुन पुगेको थियो । टोरन्टोका लागि क्रिस गरिन र सलमान नाजारले २-२ विकेट लिए । मक्क्लिनाघन र गोर्डनको नाममा १-१ विकेट रहयो ।

जवाफमा चिराग सुरीको अर्धशतक र ग्रीनको संयमित ब्याटिङमा टोरन्टोले १८ औं ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता गर्यो । चिरागले ३७ बलमा ५२ रन जोडे । उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए । ग्रीनले २९ बलमा २ चौका र १ छक्कासहित नटआउट ३० रनको योगदान दिए ।

टोरन्टो यस जितसँगै ५ खेलमा २ जित र ३ हारसहित ४ अंक लिएर चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको वल्भ्सको ५ खेलमा ८ अंक रहेको छ ।

प्रकाशित : सोमबार, साउन २०, २०७६०६:५८

बार्सिलोनालाई झड्का : प्रशिक्षणमा भर्किए लगतै घाइते भए मेस्सी ! के भएको हो खास ?