आफ्नी छोरीसंग टाढिदै संजय दत्त, साथीले गरे यस्तो खुलासा…

संजय दत्तको जिन्दगी एक फिल्म जस्तै रहेको छ । जहा धेरै उतारचढाव आउछ । यही कारण संजय सधैँ मान्छेको अगाडी आफ्नो प्रोफेसनल लाइफको कुरा मात्रै ल्याउछन्। प्रसनल लाइफबारे उनले कहिल्यै खुलेर कुरा गर्दैनन्।

हालै उनकी छोरी   त्रिशाला दत्तको   ब्वायफ्रेन्डको  निधन भएको थियो। खबर छ कि संजय र त्रिशाला बीच सम्बन्ध टाढिदै छ। डेक्कन क्रनिकलको एक रिपोर्ट अनुसार संजय दत्तले २९ जुलाईमा आफ्नो ६०  औँ जन्मदिन मनाएका थिए। यसै समयमा दुनियाभरको फ्यान र उनलाई मनपराउनेले उनलाई जन्मदिनको शुभकामना दिए। तर उनको छोरीले भने उनलाई विश गरेनन्।

त्रिशाला जन्मेदेखि नै अमेरिकामा बस्दै आएकी थिइन्। संजयको  जन्मदिन भन्दा केहि दिन अगाडी नै त्रिशालाले आफ्नो सोशल मीडिया अकाउन्टमा बताएकी थिइन् कि उनको ब्वायफ्रेन्डको निधन भएको छ। उनले कैयौँ  भावुक बनाउने पोस्ट गरेकी थिइन् , तर उनको बुबाको कुनै पनि रियाक्शन भने थिएन। यसैकारण बाबुछोरीको बीच दुरी बढ्दै छ।

रिपोर्ट अनुसार  संजय दत्तको एक नजिकको साथीले बताए,”लाग्छ कि संजयले  त्रिशालाको लागि ढोका बन्द गरेको जस्तै छ। किनकी उनलाई आफ्नो छोरीको जिन्दगीमा के चलिरहेको छ केहि  पनि थाहा हुदैन। उनी त्रिशालासँग कुनै पनि इमोशनल कनेक्शन बनाउन सक्दैनन्। दुवै बीच कुनै पनि  डायरेक्ट वा  इनडायरेक्ट कनेक्शन छैन।”

यो भन्दा पहिला  संजय दत्तको  बायोपिक संजूमा पनि त्रिशालाको कुनै कुरा रहेको थिएन। संजय दत्तको साथी संजय मांजरेकरले भनेका थिए कि यति महत्वपूर्ण हिस्सामा छोरीको कुरा नहुनु गलत हो। यधपी  त्रिशालाले  संजय दत्तलाई अघिल्लो वर्ष  सोशल मीडियामा  जन्मदिनको  शुभकामाना दिएकी थिइन्।

प्रकाशित : आइतबार, साउन १९, २०७६०९:२४

नेपाली चेली प्रतिष्ठा राउत भईन मिस इङ्ल्याण्डको सेकेन्ड रनरअप…