नेपाली चेली प्रतिष्ठा राउत भईन मिस इङ्ल्याण्डको सेकेन्ड रनरअप…

साउन, १९ । बेलायतमा बस्दै आएकी नेपाली चेली प्रतिष्ठा राउत मिस इङ्ल्याण्डको फाइनल (सेकेन्ड रनरअप) सम्म पुग्न सफल भएकी छिन् । डेलीमेलले  उनी मिस इङ्ल्याण्ड २०१९ को फाइनलिस्ट भएको कुरा पुष्टि गरेको छ । प्रतिष्ठा सौन्दर्य प्रतियोगितामा यतिसम्म उचाइमा पुग्ने नेपालकै पहिलो युवती हुन् ।  मिस इङ्ल्याण्डको ताज भने भारतकी भाषा मुखर्जीले जितेकी हुन् ।

हङकङमा जन्मिएकी राउत बावुको कामको शिलशिलामा सँगै रहने क्रममा बेलायत पुगेकी हुन् । प्रतिष्ठाले तयार पारेको एक भिडियोअनुसार उनका बाबु बेलायती गोर्खा सैनिक हुन् ।२६ वर्षीया प्रतिष्ठाले सेकेन्ड रनरअपसम्म आइपुग्नका लागि विभिन्न भिडियो तथा सूचना पोस्ट गर्दै आफूलाई सहयोग गर्न अपिल गर्दै आएकी थिइन् । उनि पेशाले ‘इन्टेरियर डिजाइनर’ हुन् ।

प्रकाशित : आइतबार, साउन १९, २०७६११:२८

र्यापर बादशाहलाई मनपर्दैन पार्टी, यसरी गर्छन् आफ्नो गीतमा पार्टी सिन!